Trend
बुधबार , कार्तिक २०, २०८२

बर्दियामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा इलेक्ट्रिक चुरोट बरामद गरेको छ।बर्दिया सीमाबाट विभिन्न अवैध सामग्रीहरू भारततर्फ तस्करी गर्ने प्रयास हुने गरेकाले सुरक्षा निकायले निगरानी कडा पारेको छ।

अफजल खान

बर्दिया । सशस्त्र प्रहरीले बर्दियाबाट ४८ लाख  रुपैयाँ बढीको इलेक्ट्रिक चुरोट बरामद गरेको छ।

नेपालबाट भारततर्फ लैजाँदै गरेको ४८ लाख ५ हजार रुपैयाँ बराबरको चाइनीज इलेक्ट्रिक चुरोटलाई जिल्लाको सीमा नाका नजिकबाट बरामद गरिएको सशस्त्र प्रहरी नं.३१ गण बर्दियाले जानकारी दिएको छ।

सशस्त्र प्रहरी बर्दियाका अनुसार  बिओपी शक्तिपुरबाट सई कमल बहादुर नेपालीको कमाण्डमा गएको टोलीले जिल्लाको मधुवन नगरपालिका-५ शक्तिपुरबाट गए राति १२ बजे उक्त रकम बराबरको चाइनीज इलेक्ट्रिक चुरोट बरामद गरेको हो।

भारततर्फ साइकलमा चाइनीज इलेक्ट्रिक चुरोट लिएर जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीलाई देख्ने बित्तिकै तस्करहरुले साइकल र इलेक्ट्रिक चुरोट छोडेर भागेको सशस्त्र प्रहरी नं.३१ गण बर्दियाले जनाएको छ।

बरामद गरिएको ९ सय २० पिस चुरोटको प्रति पिस २५ सय रहेको छ भने बरामद गरिएको चुरोट तथा ओसारपसारमा प्रयोग गरिएका साइकललाई आबश्यक कारबाहीका लागि भन्सार कार्यालय बर्दिया पठाउन लागिएको सशस्त्र प्रहरी बर्दियाले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP