Trend
बिहिबार , जेठ २८, २०८३

बर्दियामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा इलेक्ट्रिक चुरोट बरामद गरेको छ।बर्दिया सीमाबाट विभिन्न अवैध सामग्रीहरू भारततर्फ तस्करी गर्ने प्रयास हुने गरेकाले सुरक्षा निकायले निगरानी कडा पारेको छ।

अफजल खान

बर्दिया । सशस्त्र प्रहरीले बर्दियाबाट ४८ लाख  रुपैयाँ बढीको इलेक्ट्रिक चुरोट बरामद गरेको छ।

नेपालबाट भारततर्फ लैजाँदै गरेको ४८ लाख ५ हजार रुपैयाँ बराबरको चाइनीज इलेक्ट्रिक चुरोटलाई जिल्लाको सीमा नाका नजिकबाट बरामद गरिएको सशस्त्र प्रहरी नं.३१ गण बर्दियाले जानकारी दिएको छ।

सशस्त्र प्रहरी बर्दियाका अनुसार  बिओपी शक्तिपुरबाट सई कमल बहादुर नेपालीको कमाण्डमा गएको टोलीले जिल्लाको मधुवन नगरपालिका-५ शक्तिपुरबाट गए राति १२ बजे उक्त रकम बराबरको चाइनीज इलेक्ट्रिक चुरोट बरामद गरेको हो।

भारततर्फ साइकलमा चाइनीज इलेक्ट्रिक चुरोट लिएर जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीलाई देख्ने बित्तिकै तस्करहरुले साइकल र इलेक्ट्रिक चुरोट छोडेर भागेको सशस्त्र प्रहरी नं.३१ गण बर्दियाले जनाएको छ।

बरामद गरिएको ९ सय २० पिस चुरोटको प्रति पिस २५ सय रहेको छ भने बरामद गरिएको चुरोट तथा ओसारपसारमा प्रयोग गरिएका साइकललाई आबश्यक कारबाहीका लागि भन्सार कार्यालय बर्दिया पठाउन लागिएको सशस्त्र प्रहरी बर्दियाले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP