Trend
बुधबार , कार्तिक २०, २०८२

बर्दिया, भदौ १२ / हत्या आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मधुवन नगरपालिका–२ गंगापटुवाका ३६ वर्षीय गोपी भन्ने कनोहे थारुलाई गत बिहिबार प्रहरीले पक्राउ गरेको हो।गुलरिया नगरपालिका–३ प्रगति टोल स्थितबाट  प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँकी सुस्मिता थारु विस २०८१ पौष १८ गते ठाकुरबाबा जान्छु भनि घरबाट निस्केकी थिईन् ।

थारु बेपत्ता भएपछि आफन्तले खोजतलासको लागि विस २०८१ पौष २१ गते इलाका प्रहरी कार्यालय बगनाहामा खोजतलासको लागि निवेदन दिएका थिए । खोजतलासको क्रममा प्रहरीले विस २०८१ मंसिर १५ गते ठाकुरबाबा नगरपालिका–४ खैलार गाउँको पूर्व बबई नदीको बगर झाडीमा थारुको कंकाल अवस्थामा शव फेला पारेको थियो । फेला परेको शवको कपडाको आधारमा थारुको ससुरा सन्तराम थारुले पहिचान गरि फुटकर ज्यान सम्बन्धी प्रहरीमा जाहेरी दिएका थिए ।

कनोहे थारुले उक्त महिलासंग फोन मार्फत नजिकिएर विविन्न स्थानमा भेटघाट भई शारीरिक सम्बन्ध भएको र सुस्मिताले प्रतिवादी कनोहेसंग पटक पटक रकम मागेको र रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु भनेपछि कनोहेले हत्या गर्ने योजना बुनेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

जबरजस्ती मुद्दामा फसिने डरले विस २०८१ पौष १८ गते रकम दिन्छु भनेर बबई नदी स्थित बगरमा बोलाई घाटी दबाई महिलाको हत्या गरि फरार भएको कनोहेले स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

कनोहेलाई नियन्त्रणमा लिई फुटकर ज्यान मुद्दालाई कर्तव्य ज्यान मुद्दामा परिणत गरि अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको बुधबार जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP