Trend
आइतबार , भाद्र २८, २०८३

१४ भदौ, बुटवल । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीको १५ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

शनिबार बुटवलमा पत्रकारहरूसँग बोल्दै राठौरले सभापति बन्न आफूलाई वर्तमान सभापति शेरबहादुर देउवाको साथ पाउने दाबी गरे ।

‘पार्टीलाई एकताबद्ध बनाउन र मुलुकमा बढ्दै गएको अराजकता, बेथिति र भ्रष्टाचार नियन्त्रण गर्न म सक्षम र योग्य नेतृत्व हो’, राठौरले भने, ‘मलाई सभापति शेरबहादुर देउवाको साथ–सहयोग रहन्छ ।’

राठौरले आफू प्रधानमन्त्री वा मन्त्री बन्ने रहरले नभई कांग्रेसलाई बलियो बनाउन सभापति बन्न चाहेको बताए । ‘कमजोर कांग्रेसले लोकतन्त्र कमजोर बनाउँछ र नागरिकका अधिकार खोसिन्छन् त्यसैले लोकतन्त्र र कांग्रेसलाई बलियो बनाउन म सभापति बन्नुपर्छ’, राठौरले भने ।

प्रतिनिधि सभा सदस्य समेत रहेका राठौरले पार्टी सभापति भएपछि संगठनलाई नवीकरण गर्ने, भ्रष्टाचार नियन्त्रणमा कठोर कदम चाल्ने र नेतृत्वमा नयाँ धार ल्याउने प्रतिबद्धता बताए ।

सत्ता समीकरणबारे उनले कांग्रेस–एमाले सहकार्यलाई व्यवहारमै इमान्दारीपूर्वक पालना गर्नुपर्ने अन्यथा कांग्रेस आफैं बलियो भएर अगाडि बढ्नुपर्ने बताए ।

सरकारको नेतृत्व हस्तान्तरण गर्ने एमालेको प्रतिबद्धताप्रति पूर्ण विश्वास गर्न नसकिने संकेत गर्दै उनले इमान्दारीपूर्वक सहकार्य भयो भने मात्र गठबन्धन टिक्छ अन्यथा नटिक्ने बताए ।सभारअन्लाईनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP