Trend
बुधबार , कार्तिक २०, २०८२

आयोगका पदाधिकारीसँग पत्रकार भेटघाट

गुलरियामा आज आयोगका पदाधिकारी र स्थानीय पत्रकारबीच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा आयोगका पदाधिकारीहरूले आयोगको हालसम्मको कार्यप्रगति, नीति तथा आगामी योजनाबारे जानकारी गराएका थिए।

 

बर्दिया भदौ,१५ / शनिबार बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीसंग पत्रकारहरुको भेटघाट भएको छ । नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा बेपत्ता आयोगकी अध्यक्ष लिलादेवी गड्तौला, सदस्य गोपाल नाथ योगी र मेलमिलाप आयोगका सदस्य डा. टीका प्रसाद ढकालसंग पत्रकारहरुको भेटघाट भएको हो । नयाँ गठन भएको आयोगले पीडितको न्यायको लागि कसरी अघि बढिरहेको बारेमा पत्रकार सम्मेलनमा जनाएको छ ।

पछिल्लो तीन महिनामा सत्य निरुपण तथा मेलमिलाप आयोगले संकलन गरेको निवेदनमा सरकारी वकिल कार्यालयबाट ४ सय २८ निवेदन दर्ता भएको सहायक जिल्ला न्यायाधिवक्ता बुद्ध बहादुर थापाले जनाए ।

पछिल्लो समयमा सरकारी वकिल कार्यालय र द्वन्द्व समिति बर्दियाको सहजीकरणमा १ हजार १ सय नयाँ आवेदन दर्ता भएको सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य ढकालले जनाए । ‘परिपूरणसहित न्यायको लागि अब छिट्टै पीडितको घरदैलो वडा, पालिकामा आएर तपाईहरुले राखेको साक्षीसंग सोधपुछ गर्ने योजना रहेको छ,’उनले भने ।

यस जिल्लालाई प्राथमिकतामा राखेर अघि बढेको बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगकी अध्यक्ष लिलादेवी गड्तौलाले बताएकी छन् । यस आयोगले पीडितलाई न्यायको महसुस गराउने काम गर्ने विश्वास दिलाईन् ।

अघिल्लो आयोगमा बर्दियाका २ सय ५८ व्यक्ति बेपत्ता रहेको आवेदन परेको र पछिल्लो पटक नयाँ ३ जना व्यक्ति बेपत्ता रहेको आवेदन परेको छ । यसरी जिल्लाबाट २ सय ६१ जना बेपत्ता रहेको तथ्यांक प्राप्त भएको आयोगले जनाएको छ । जसमा २ सय ३१ बेपत्ता परिवारले केही राहत पाएको तथ्यांक अध्यक्ष गड्तौलाले सार्वजनिक गरिन् ।

पीडितको लागि आयोगले गरिरहेको कार्यको बारेमा पत्रकारलाई जानकारी गराएकोमा आयोगका पदाधिकारीलाई धन्यवाद दिदैं पीडितको न्यायको लागि आयोगका सम्पुर्ण पदाधिकारी अहोरात्र खटिएको थाहा पाउँदा पीडितको घाउमा छिट्टै मल्हम लाग्ने आशा पलाएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष निर्मल घिमिरेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP