Trend
बिहिबार , जेठ २८, २०८३

 

श्रम डेस्क सञ्चालन कार्यविधि निर्माणका लागि छलफल

ज्ञानेन्द्र पोख्रेल

 /भाद्र १५  / बढैयाताल बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिकामा श्रम डेस्क सञ्चालन कार्यविधि निर्माणका लागि कार्यशाला आज सम्पन्न गरिएको छ ।

बढैयाताल गाउँपालिकाको समन्वय तथा एक्सन एड र कमैया महिला जागरण समाजको साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत कार्यशालाको आयोजना गारिएको जानकारी र कार्यक्रमको औचित्व बारे कमैया महिला जागरण समाज नेपालका कार्यक्रम संयोजक रमेश कुमार चौधरी ले गराएका थिए ।

श्रमिकहरुको हकहित र अधिकारको सुनिश्चितताका लागि पालिकालाई उत्तरदायि र कानुनी प्रक्रिया सहज बनाउनका लागि कार्यशालाको आयोजना गरिएको हो । सो अवसरमा नेपालमा श्रम कानुको इतिहास, श्रम ऐन २०४७ (संशोधन २०७५)मा भएको मुख्य प्रावधान र स्थानिय सरकार सञ्चालन  ऐन २०७४ मा भएको रोजगारी तथा श्रमिकसँग सम्बन्धित मुख्य व्यवस्था तथा श्रम डेक्स निर्देशिका को मस्यौदा माथी छलफल तथा सहजीकरण बढैयाताल रोजगार शाखा प्रमुख भरत वि क ले गरेका थिए।

 कार्यशालामा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारू योजना शाखा का उसमान साई , सुचना प्रविधि शाखा का प्रमुख कमल खड्का , पालिकाका ९ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, रोजगार शाखाका प्रमुख भरत वि क विभिन्न शाखाका शाखा प्रमुखहरु, नागारिक सरोकार मञ्चका पदाधिकारीहरु , संन्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

 यस कार्यक्रम वाट बढैयाताल गाऊ पालिका मा श्रमिक डेक्स निर्देशिका सम्बन्धी मस्यौदा माथी कार्यपालिका मा छलफल गरि पारित गर्ने र छिटो भन्दा छिटो कार्यान्वयमा ल्याउन पहल गर्ने प्रतिवद्धता बढैयाताल गाउपालिका का प्रमुख प्रशासकिय अधिकृत अर्जुन थारू र उपस्थित कार्यपालिका सदस्यहरु ले गरेका थिए भने कार्यक्रम बढैयाताल गाउपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी को सभापतित्व मा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP