Trend
बुधबार , कार्तिक २०, २०८२

लागू औषधसहित बढैयातालबाट बाँसगढीका दुई जना पक्राउ

ए टिभी न्युज नेपाल

बर्दिया, भदौ १६/लागू औषधसहित दुई जनालाई प्रहरीले बढैयातालबाट पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका स्थितबाट लागू औषधसहित बासगढीका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बढैयाताल गाउँपालिका–७ कण्ठपुर स्थित शंकास्पद रुपमा हिडिरहेका बाँसगढी नगरपालिका–५ का २९ वर्षीय सुबाश ओलीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । ओलीलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ८ सय मिलिग्राम र शुक्रबार बढैयाताल गाउँपालिका–२ फुटाहा स्थितबाट बाँसगढी नगरपालिका–५ का २६ वर्षीय राम चौधरीलाई ९ सय ८० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङ्गको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

दुवै जनालाई नियन्त्रणमा लिई आइतबार अदालतबाट ५ दिनको म्याद लिई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP