Trend
बुधबार , कार्तिक २०, २०८२

बर्दियाका निजी विद्यालयद्धारा आज गुलरियामा वृह्त खवरदारी सभा

ज्ञानेन्द्र पोख्रेल

बर्दिया / भदौ १८ / निजी विद्यालयहरुले आज बर्दिया को सदरमुकाम गुलरिया मा वृह्त खवरदारी सभा गरेका छ्न। संघीय संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट पारित भई संघीय संसदमा प्रस्तुत विद्यालय शिक्षा विधेयकमा समावेश कतिपय प्रावधानहरू निजी विद्यालयहरू प्रति प्रतिकूल भएको र यस्ता प्रावधानहरूले निजी शिक्षाको अस्तित्व, स्वतन्त्रता र योगदानमाथि गम्भीर असर पार्ने देखिएको भन्दै प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमए लगायतका संस्थाहरूको संयुक्त आयोजनामा आज दिउँसो ११ बजे गुलरियामा खवरदारी सभा गर्न लागिएको प्याब्सन बर्दियाका अध्यक्ष बालहरि सुवेदी जानकारी दिए । केन्द्रीय कार्यक्रम अन्तरगत आन्दोलनरत संस्थाहरूका सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा बृहत खबरदारी सभा आयोजना गरिएको अध्यक्ष सुवदी ले बताए ।

त्यसैगरी केन्द्र को निर्देशन अनुसार भोलि १९ गते सञ्चार माध्यमसँग बृहत् अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, २० र २१ गते तयारी बैठकहरू तथा प्रमुख राजनीतिक दलहरूसँग भेटघाट कार्यक्रमहरू तीव्र बनाउने, २२ गते निजी क्षेत्रका सम्पूर्ण सरोकारवालाहरूको सहभागितामा बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने, २३ गते देशभरिका सबै निजी विद्यालयका सञ्चालकहरूलाई काठमाडौंमा केन्द्रित गर्ने, २४ गते सबै संघीय सांसदहरूलाई सम्बन्धित क्षेत्रका निजी विद्यालय सञ्चालकहरूले संयुक्तरूपमा भेटघाट गर्ने र २५ गते काठमाडौँमा बृहत आन्दोलन कार्यक्रम सञ्चालन गर्ने लगायतका आन्दोलनका कार्यक्रम तय भएको समेत उनले बताए ।

कम्पनी ऐन अनुसार दर्ताभई सञ्चालनमा रहेका विद्यालयहरूलाई “गैर नाफामूलकू बनाउने प्रावधान पूर्णरूपमा हटाइनुपर्ने, “पूर्ण छात्रवृत्तिू भन्ने शब्दावली हटाइनुपर्ने, विद्यालयहरूमा उत्पादन नहुने पोशाक, पाठ्यपुस्तक, शैक्षिक सामग्री, यातायात, खाना, खाजा लगायतका सेवा र गरिएको अनावश्यक प्रतिबन्ध हटाइनुपर्ने, छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा पारदर्शी समिति गठन गरी लक्षित वर्गलाई वितरण गर्न सकिने व्यवस्था मिलाइनुपर्ने र छात्रवृत्तिसम्बन्धि ऐन २०२१ को दफा ३ (क, नियमावली २०५० को नियम १० (क) तथा २०७७ को ऐनद्वारा संशोधित ११ वटा विश्वविद्यालयमा सामुदायिक विद्यालयका विद्यार्थीलाई मात्र सिटीईभिटी र उच्च शिक्षाको अवसर दिने विभेदकारी व्यवस्थाहरू तत्काल खारेज गरिनुपर्ने उनीहरुको माग छ । भने यस भन्दा अगाडि पनि निजि विद्यालय संगठनहरु ले विरोध का विभिन्न चरण का कार्यक्रम गर्दै आईरहेका थिए भने कार्यक्रम अन्तरगत भाद्र १९ गते देखि विद्यालय बन्द समेत घोषणा गरिएको थियो भने विद्यालय बन्द गर्ने घोषणा हाल स्थागित गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP