✍️अफजल खान
बर्दिया —ईस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद मुस्ताफा सल्लल्लाहो अलैहे वसल्लमको एक हजार पाँच सयौं जन्मोत्सव (मोहम्मद डे) शुक्रबार गुलरियामा मनाइएको छ ।

गुलरियास्थित जि.प्र.का चोकबाट सुरु भएको र्याली राधाकृष्ण चोक हुँदै गुलरियागाउ हुँदै सुन्नि जामा मस्जिद अगाडि पुगेर समापन भएको थियो ।
रबीउल अव्वल महिनाको पावन अवसरमा इस्लाम धर्मका संस्थापक तथा रहमतुल्लिल आलमिन हजरत मुहम्मद ﷺ को १५०० औं जन्मोत्सव विश्वभर श्रद्धा र भक्तिपूर्वक मनाएका छ्न।?मोहम्मद डे का दिन मुस्लिम परिवारले घर–घरमा हरियो झन्डा राख्ने चलन रहेको मुस्लिम अगुवा नसिम हल्वाइले बताए । साथै यस दिन गरिब तथा असहायलाई भोजन खुवाउने र सहयोग गर्ने परम्परा रहेको उनले बताए ।
धार्मिक स्थलहरूमा विशेष कार्यक्रम, कुरआन तिलावत, दुवा र सद्भावका संदेशहरू र यसै सन्दर्भमा धार्मिक अगुवाहरूले पैगम्बर मुहम्मद ﷺ को जीवनशैलीबाट प्रेरणा लिनु आजको समयमा अपरिहार्य रहेको बताएका छन्।
यस ऐतिहासिक अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा शान्ति, सद्भाव र समृद्धिका लागि शुभकामना व्यक्त गरिएको थियो।






