Trend
शुक्रबार , बैसाख ४, २०८३

बर्दिया,भदौ ३०/चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१२ टडुवाकी २७ वर्षीया कबिता रानाको आइतबार बिहान चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।

गुलरिया नगरपालिका–१२ स्थित नेपाल केदुवाई सामुदायिक वनमा घाँस काट्न गएको बेला राना चितुवाको आक्रमण गरि ज्यान लिएको डिभिजन वन कार्यालयका सुचना अधिकारी रामकुमार चौधरीले बताए ।

चितुवालाई नियन्त्रणमा नलिएसम्म शव नबुझ्ने पिडित परिवारले अडान लिएको छ । महिलाको शव बर्दिया अस्पतालमा राखिएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP