Trend
आइतबार , भाद्र २८, २०८३

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

ज्ञानेन्द्र पोख्रेल

बर्दिया /  यहि भाद्र २४ गते बाँके नौवस्ता कारागार बाट अन्य कैदी संगै फरार रहेका २ जना फरार प्रतिवादीलाई ईलाका प्रहरी कार्यालय मैनापोखर ले हिजो भाद्र २९ गते राती पक्राउ गरेको छ ।

जिल्ला बाके कोहलपुर नगरपालिका वडा नं २ विकासनगर घर भएका वर्ष २८ का ध्रुव राज सिंह ठकुरी डॉका चोरी र लागु औषध ब्राउन सुगर मुद्दाका प्रतिवादी हुन भने अर्को जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका वडा नं ४ गणेशचोक घर भएका वर्ष २१ का रोशन बस्याल लागु औषध मुद्दाका प्रतिवादी लाई यहि भाद्र २९ गते बढैयाताल वडा नं १ को शान्तीपुर गाऊमा रातको समयमा शंकास्पद अवस्थामा हिडिरहेको बेला पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मैनापोखर का प्रहरी निरिक्षक राजेश साहु तेली ले जानकारी दिएका छन्

यस भन्दा अगाडि पनि मैनापोखर प्रहरीले एक जना हाडनाता करणी मुद्दामा सजाय भोगीरहेका चितवन कारागार वाट फरार व्यक्ति लाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP