Trend
बिहिबार , माघ २, २०८२

ज्ञानेन्द्र पोख्रेल

बर्दिया / जन जागरण महिला संघको सम्पन्न २५ औ अधिवेशनले अध्यक्षमा पुन गोमा पौडेललाई सर्वसम्मत निर्वाचित गरेका छन।

 जागरण महिला संघ को केन्द्रीय कार्यालय बढैयाताल वडा नं ३ सोरहवा मा यहि आश्विन ७ गते सम्पन्न २५ औ साधारण सभाले अध्यक्ष मा गोमा पौडेल निबिरोध निर्वाचित गरेको जानकारी निर्वाचन समितिका संयोजक ढाकाराम लामिछानेले दिएका थिए।

यसै गरी उपाध्यक्ष सोनु बराईली ,सचिब तारा सापकोटा ,सहसचिव सुनिता चौधरी ,कोषाध्यक्ष जमरूल खाँ लगायत सदस्यहरु मा क्रमश पार्वती गौतम, गौरी तिवारी, जमुना केसी, सिता लामिछाने, पार्वती बराल, सन्ध्या सुनार गरी ११ सदस्य निर्विरोध निर्वाचित गरेको हो।

 आजै सम्पन्न साधारण सभा ले केही नयाँ अनुहार ल्याए पनि अध्यक्ष लगायत अधिकांश पुराना अनुहार नै दोहरियका छन् भने अध्यक्ष गोमा पौडेल स्थापना काल देखि अहिले सम्म र्निबिकल्प सर्वसम्मत आई रहनु भएको छ भने आजको २५ औ बार्षिक साधारण सभा ले गएको बर्ष को आय व्यय विवरण तथा यस आवमा गरिने निति तथा कार्यक्रम बहुमत ले पारित गरेको थियो ।

यस जनजागरण महिला संघको २०५६ सालमा स्थापना भएको र शुरुका दिनहरूमा निरक्षर महिलाहरु लाई पौढ शिक्षाको माध्यम बाट साक्षर बनाउने अभियान सञ्चालन गरेको र यस संघमा महिलाहरु मात्र आवद्ध रहेका छन् हाल सम्म यस संघ ले विभिन्न दातृ निकायहरु संग सहकार्य गरि महिलाहरूकाे नेतृत्व बिकास ,क्षमता अभिबृदी ,शिपमुलक तालिम आयआर्जन मा सहयाेग , बिपन्न परिवार का बालबालिकालाई पाेषण सहयाेग कार्यक्रम , बिपतमा परेका लाई सहयोग, गर्भवती तथा सुत्केरी महिलाहरु लाई पोषण वितरण कार्यक्रम , बाख्रा पैचो कार्यक्रम, वेमौषमी तरकारी उत्पादन मा सहयाेग लगायतका कार्यक्रम गर्दै आईरहेकाे जानकारी समेत यस कार्यक्रम मा गराईएकाे थियो । भने कार्यक्रम बढैयाताल वडा नं ३का वडा सदस्य तथा न्यायिक समिति सदस्य रुद्र प्रसाद पौडेल को प्रमुख आतिथ्य मा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी

संरक्षक बनेर वडा अध्यक्षले गरे असहाय बालिकाको नागरिकता सुनिश्चित


TOP