Trend
शनिबार , बैसाख ५, २०८३

निति निर्माण सम्बन्धी संम्बाद कार्यक्रम सम्पन्न

ज्ञानेन्द्र पोख्रेल

बर्दिया / थारू महिला उत्थान केन्द्र गुलरिया बर्दिया को आयोजनामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र अपाङ्गता मा आधारित नितिगत व्यवस्था सम्बन्धी १ दिने पालिका स्तरिय संम्बाद कार्यक्रम यहि आश्विन ८ गते बढैयाताल गाउपालिका मा सम्पन्न भएको छ ।

बढैयाताल गाउपालिका भित्र बनेका ऐन, निति, नियमावली, कार्यविधि र निर्देशिका आवाश्यकता अनुरूप निर्माण भए नभएको र कार्यान्वयन को अवस्था, समय सापेक्ष शंसोधन र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र अपाङ्गतामा आधारित नितिगत व्यवस्था भए नभएको लगायतका विषयमा छलफल भएको छ।

 यस कार्यक्रममा सहजीकरण थारू महिला उत्थान केन्द्रका कार्यक्रम अधिकृत शेखर दहितले गरेका थिए साथै यस कार्यक्रम मा महिला हिसां, अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सुनिश्चित गराउने सबाल, लैङ्गिक समानताका विषय र पालिकाले निर्माण गरेका ऐन ,निति, नियमावली कार्यविधि र निर्देशिका र रणनीतिक योजना निर्माण गरिएको छ तर कतिपय कार्यन्वयनमा ल्याउन समस्या रहेकोले समय अनुकुल परिमार्जित गर्दै जानु पर्ने कुरामा जोड दिदै  कार्यक्रममा सहभागी सरोकार राख्ने गाऊ पालिका अध्यक्ष हिमालय त्रिपाठी, उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, प्रमुख प्रशासकिय अधिकृत अर्जुन थारू, कार्यपालिका तर्फ बाट वडा अध्यक्ष तेजनाथ पौडेल लगायतले बाझिएका ऐन नियमावली कार्यविधि र निर्देशिका समयानुकुल परिमार्जन गर्दै कार्यान्वयन को विषयमा कार्यपालिका मा छलफल गरी आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

 बढैयाताल गाऊ पालिका मा हाल सम्म २४ वटा ऐन, ७ वटा नियमावली,३८ वटा कार्यविधि , ५ वटा निर्देशिका र २ वटा रणनितिक योजना निर्माण भै सकेको र उक्त विषयहरु हाल सम्म के कति कार्यान्वयन भए नभएको विषयमा समेत छलफल गरिएको थियो भने यस कार्यक्रम मा बढैयाताल गाउपालिका का अध्यक्ष, उपाध्यक्ष, कार्यकारी अधिकृत , वडा अध्यक्षहरु , कार्यपालिका सदस्यहरु , थारू महिला उत्थान केन्द्र का कार्यक्रम अधिकृत तेजमणि पन्त, शेखर दहतल, प्रोजेक्ट कोर्डिनेटर किशोर थारू, संन्चारकर्मी लगायत का व्यक्ति हरु सहभागी रहेका थिए भने कार्यक्रम थारू महिला उत्थान केन्द्र का कार्यकारी निर्देशक प्रिज्मा सिंह थारू को सभापतित्व र बढैयाताल गाउपालिका अध्यक्ष को प्रमुख अतिथ्य मा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP