Trend
आइतबार , भाद्र २८, २०८३

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

बर्दिया — गुलरिया नगरपालिका–१२ टडवा गाउँमा केही दिनअघि बाघको आक्रमणमा परि ज्यान गुमाएकी महिलाको परिवारसँग पूर्व मन्त्री तथा युवा नेता अब्दुल खानले आज भेट गरेका छन्।

परिवारजनको अवस्था बुझ्न र श्रद्धाञ्जली अर्पण गर्न खान मृतकको घर पुगेका थिए। भेटघाटका क्रममा उनले मृतक परिवारले भोगिरहेको समस्या सुन्नुका साथै सहयोगको आश्वासन दिएका छन्।

नेता खानले बर्दिया जिल्लामा वन्यजन्तु, विशेष गरी बाघको आक्रमणबाट स्थानीय बासिन्दा निरन्तर जोखिममा रहेको भन्दै यसबारे पटक–पटक तत्कालीन समयमा संसद र सरकारलाई गम्भीर ध्यानाकर्षण गराइसकिएको बताए।

उनले सरकारलाई तत्कालै वन्यजन्तु नियन्त्रण र स्थानीयको सुरक्षाप्रति गम्भीर हुन आग्रह गर्दै जनताको जीवन रक्षा नै पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP