दशै बिदामा बालबालिकाको परियोजना कार्य ,सिर्जनशीलता र उपयोगिता
(कृष्ण बहादुर विश्वकर्मा गु.न.पा. ५ बुद्धनगर)
बर्दिया,गुलरिया असोज,देशभरि मनाइने महान चाड दशै ,तिहार र छठ पर्वका अवसरमा विद्यालयहरु लामो समयका लागि बन्द हुने प्रचलन छ ।
तर लामो बिदाले विद्यार्थीहरुको अध्ययन निरन्तरतामा असर नपरोस भन्ने उद्देश्यले विभिन्न शैक्षिक संस्थाले पछिल्ला वर्षहरुमा परियोजना कार्यको परम्परा शुरु गरेका छन् । यस अन्र्तगत विद्यार्थीलाई चित्रकला,निबन्ध लेखन, विज्ञान प्रयोग,वातावरण संरक्षण,सांस्कृति अनरसन्धान तथा सामाजिक सन्देश सम्बन्धित कार्यहरु दिने गरिएको छ ।
शिक्षा विद्धहरुको भनाईमा यस किसिमका परियोजना कार्यले विद्यार्थीहरुमा सिर्जनशील बनाउँन,अनुसन्धान क्षमता अभिवृद्धि गर्न तथा व्यवहारिक ज्ञान हासिल गर्न मदत पुर्याउँछ ।
साथै बालबालिकामा सामाजिक जिम्मेवारीबोध र सांस्कृतिक मूल्यप्रतिको समझदारी बढाउँने कार्यमा पनि यस्ता क्रियाकलाप प्रभावकारी ठहरिएका छन् । अभिभावकहरुले समेत विद्यालयको यस्तो पहललाई सकारात्मक मानेका छन् । उनिहरुको भनाईमा परियोजना कार्यका कारण बालबालिकाले दशै तिहार जस्ता र्सास्कृतिक पर्वको महत्व बुझन पाएका छन् भने परिवार सँग बिताएको समयलाई शैक्षिक दृष्टिले समेत उपयोगी बनाउँन सकेका छन् ।
यसरी दशै तिहारको लामो विदालाई रमाईलो मात्र नभई शिक्षामूलक र सिर्जनात्मक रुपमा उपयोग गर्ने परियोजना कार्यले विद्यार्थीहरुलाई भविश्यमा सक्षम,विम्मेवारी र आत्मविर्भर नागरिक बनाउँन विश्वास गरिएको छ ।






