Trend
आइतबार , भाद्र २८, २०८३

युवा संघ बढैयाताल को मैत्रीपूर्ण फुटबल खेल आज देखी शुरु

ज्ञानेन्द्र पोख्रेल

बर्दिया:- स्वास्थ्य का लागि खेलकुट, युवाहरुका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ राष्ट्रिय युवा संघ बढैयाताल गाउपालिका कमिटीको आयोजनामा यहि अश्विन २२ गते देखी बढैयाताल गाउपालिका को वडा नं ४ रिक्टी रिहार खेल मैदानमा मैत्रिपूर्ण फुटबल प्रतियोगिता खेल संन्चालन भएको छ ।

युवाहरु लाई खेलकुद को माध्यम बाट रचनात्मक कार्य गर्न प्रोत्साहन गर्ने र हाल युवाहरुमा बढ्दै गै रहेको लागु औषधको प्रयोग कारण युवाहरु दुव्यर्सन पर्दै गै रहेको अवस्थामा खेलकुद को माध्यम बाट युवाहरु लाई रचनात्मक कार्य गर्ने प्रोत्साहन पुगोस् भन्ने उद्देश्यले यस फुटवल प्रतियोगिताको आयोजना गरिएको राष्ट्रिय युवा संघ बढैयाताल पालिका कमिटीका अध्यक्ष नारायण थापा क्षेत्री ले जानकारी दिएका छन् । मैत्रीपूर्ण फुटबल प्रतियोगिता मा जिल्ला भित्र र जिल्ला बाहिर का गरी १८ वटा टिम सहभागी भएका छन् ।

आजको खेलको उदघाटन नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाँसगढी नगरपालिका प्रमुख खड्क बहादुर खडका ले खेलाडी लाई बल हस्तानान्तर गरि गरेका थिए साथै यस फुटवल प्रतियोगिता मा प्रथम हुने लाई रु ५१ हजार १ सय ५१ रुपैया द्धितीय हुने टिमलाई ३५ हजार १ सय ३५ रुपैया र तृतिय हुने टिम लाई २५ हजार १ सय २५ रुपैया नगद साथै मेडल ,शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ साथै हरेक बिधा मा उत्कृष्ट खेल प्रदर्शन खेलाडीहरू लाई समेत पुरस्कृत गरिने छ, यसै गरी टिम दर्ता शुल्क ४ हजार ५ रुपैया तोकिएको आयोजक ले जानकारी दिएको छ ।

 खेल टाईसिट को आधारमा नकआउट चरणमा खेलाइन समेत जानकारी दिईएको छ भने खेल उदघाटन कार्यक्रम का प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटी सदस्य खडक बहादुर खडका विशिष्ट अतिथि बढैयाताल गाऊ पालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी , नेकपा एमाले बढैयाताल पालिका कमिटीका अध्यक्ष प्रेम राज त्रिपाठी , जिल्ला कमिटी सदस्यहरू राजकुमार महतरा , बढैयाताल गाउपालिका कार्यपालिका सदस्यहरु चन्द्रकला विक , आईतराम परियार , कोपिला मल्ल , वडा अध्यक्षहरु , नेकपा एमालेका जिल्ला सचिवालय सदस्यहरु , जिल्ला कमिटी सदस्यहरु , पालिका कमिटीका सदस्यहरु , स्थानिय युवा क्लव का सदस्यहरु, युवा संघ नेपाल का सदस्यहरु , संन्चारकर्मी लगायतको उपस्थिति रहेको थियो भने यस कार्यक्रम युवासंघ नेपाल बढैयाताल कमिटीका अध्यक्ष नारायण थापा क्षेत्री को सभापतित्व मा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP