ज्ञानेन्द्र पोख्रेल
बर्दिया – नेपालगंज गुलरिया हुलाकी राजमार्ग फोर लेन निर्माणको क्रममा अधिग्रहण क्षेत्रभित्र परेका हजारौ रुख विरुवाहरु काटिएका थिए ।
यि काटिएका काठहरु सोही समयमा बर्दियाको मैनापोखरमा रहेको साबिक सेन्टर बन कार्यालय परिसरमा चट्टा लगाई राखिएको र अहिले उक्त काठ कुहिने अवस्थामा रहेको छ भने यस काठलाई छिट्टो भन्दा छिट्टो लिलाम बिक्री गर्ने नसके पूर्ण रुपमा कुहिने अवस्थामा रहेको छ भने यस विषयमा सम्बन्धित निकायको बेलैमा ध्यान जान जरुरी छ ।
सबै ऐन नियम कानुन संसोधन हुन्छ तर बन ऐन किन संसोधन हुन सक्दैन यस विषयमा अहिले बनेको जेन्जी सरकारको ध्यान जान जरुरी छ देशै भरि खरबौ रुपैयाका यस्ता काठहरु संकलन गरिएको ठाँउमै कुहिने अवस्थामा रहेको छ
उपभोक्ता हरु विदेशी महंगा काठ प्रयोग गर्न बाध्य छन् सामुदायिक बनको नाउँमा सिमित व्यक्तिले राष्ट्रको सम्पतिमा मोजमस्ती गरिरहेका छन् । कहिले जाने यस विषयमा नव गठित सरकारको ध्यान ।






