Trend
बुधबार , कार्तिक २०, २०८२

 बर्दियामा बाघको आतङ्क स्थानीय बासिन्दा त्रासमा

कृष्ण बहादुर बिश्वकर्मा

बर्दिया, २०८२ असोज २६— बर्दिया जिल्लामा पछिल्लो समय बाघको आतङ्क दिनप्रतिदिन बढ्दै गएको छ । बर्दियाका सामुदायिक वनको आसपासका बस्तीहरूमा बाघको गतिविधि बढेसँगै स्थानीय बासिन्दा त्रासमा परेका छन् ।हालै मात्रै बर्दियाका सबै क्षेत्रमा बाघले चौपाया र मानिसमाथि आक्रमण गर्ने घटना बडेपछि जनजीवन असुरक्षित बनेको छ।

बर्दियाको धेरै स्थानमा मानिसहरु माथि हमला गरी घरपरिवारको बिचल्ली बनाएको घटना अवगत् नै छ बालक देखि बूढापाका सम्मका मानिसहरुको दिन प्रतिदिन घटना बढदै गईरहेको सुचनाहरु बाटप्राप्त भईरहेको छ। बिहान,दिउसो र साँझ खेतबारी तथा जंगल नजिक जान स्थानीय डराउन थालेका छन् ।

कतिपय बालबालिका विद्यालय जानसमेत हिचकिचाउने अवस्था आएको छ । वन विभाग र बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार संरक्षणका प्रयास सफल हुँदा बाघको संख्या बढेको हो । तर, बाघका लागि आवश्यक बासस्थान र आहारको अभावले तिनीहरू बस्ती नजिक आइपर्ने गरेका छन् । यही कारणले बाघ र मानिसबीचको टकराव बढ्दै गएको विज्ञहरूको भनाइ छ ।स्थानीय बासिन्दाले सरकार र निकुञ्ज प्रशासनलाई बाघ नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग गरेका छन् ।

उनीहरूका अनुसार चेतनामूलक कार्यक्रम, सुरक्षित गोठ र बाघ प्रवेश रोक्ने बार (फेन्स) जस्ता उपाय तत्काल लागू गर्न जरुरी छ । तर निरन्तर आक्रमणका घटनाले जनतामा भय फैलिँदै गएको छ ।यदि बाघ व्यवस्थापनमा तत्काल सम्बन्धि निकायहरुले छीटोभन्दा छिटो ठोस पहल नभए बर्दियामा बाघ र मानवबीचको टकराव अझ गहिरिने खतरा देखिएको छ । तसर्थ संरक्षण र सुरक्षाबीच सन्तुलन कायम नगरेसम्म बर्दियाको जनजीवन तहस नहस हुने र शान्त बन्ने सम्भावना कम देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP