Trend
बुधबार , कार्तिक २०, २०८२

एक करोड माथि नाफा कमाउँदै मैनापोखर साना किसान सहकारी

ज्ञानेन्द्र पोख्रेल

 बर्दिया / मैनापोखर भविष्य साना किसान कृषि सहकारी संस्था लि बढैयाताल को २३ औ साधारण सभा तथा ७औ अधिवेशन अश्विन २६ गते आईतवार सम्पन्न भएको छ ।

संस्थाका मुख्य प्रबन्धक माया पोख्रेल ले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दे ३ हजार २ सय भन्दा बढी शेयर सदस्य रहेको यस सहकारी संस्था को साधारण सभा तथा अधिवेशन मा आव २०८१/०८२ को अषाढ मसान्त सम्म संस्थाले १ करोड ६३ लाख खुद नाफा कमाएको प्रतिवेदनमा उल्लेख गरिएको थियो।

यस सहकारी संस्था को कुल ५ सय ३२ समुह अन्तर्गत ३ हजार २ सय ७४ शेयर सदस्य बाट शेयर रकम ४ करोड ९१ लाख ७० हजार संस्था मा रहेको को कुल पुजी ७३ करोड ३१ लाख ३४ हजार रुपैयाँ रहेको छ। रिर्ण लगानी ६१ करोड रुपैयाँ रहेको र कर्जा लगानी बाट अषाढ मसान्त सम्म १ करोड ३ लाख व्याज उठाउन बाकी रहेको र २ करोड ११ लाख ४५ हजार भाखाँ नाघेको रुपैया रहेको प्रतिवेदन मा उल्लेख गरिएको थियो।

शेयर सदस्यहरुमध्ये ७६% महिला सदस्यहरु रहेको यस सहकारी मुख्य प्रबन्धक समेत महिला नै रहेकी छन् भने आजै सम्पन्न साधारण सभा तथा अधिवेशन अगामी वर्ष को कार्ययोजना तथ निति कार्यक्रम लगायत आर्थिक प्रतिवेदन बहुमतले पारित गरेको थियो भने आजै भएको बन्दसत्र ले यस मैनापोखर भविस्य साना किसान सहकारी संस्था लिमिटेड को चार बर्ष कार्यकालको लागि तेस्रो पटक विष्णु प्रसाद लम्साल लाई नै अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ।

निर्वाचन प्रक्रिया चरणवद्ध समुह अन्तरसमुह बाट संन्चालक प्रतिनिधि छनौट हुदै आज संन्चालक समिति को निर्वाचन प्रक्रिया बाट अध्यक्ष मा विष्णु प्रसाद लम्साल तेस्रो कार्यकालको निबिरोध निर्वाचित भएको जानकारी निर्वाचन समितिका संयोजक ढाकाराम लामिछाने ले दिएका थिए भने १३ सदस्य संचालक समितिको उपाध्यक्षमा रामप्यारी थरुनी, सदस्यहरुमा दिलमाया भट्टराई , लालजी थारू , राम कुमार थारू, तरक बहादुर नेपाली, शुसिला थारू ,भगवती लामिछाने, फिरिया चौधरी ,मन्सुरी थारू र शकुन्तला केसी रहेका छन् भने निविरोध निर्वाचित हुने लेखा सामितिको संयोजकमा लिलाधर त्रिपाठी सदस्यहरु नन् कुमारी थारू र ममता भाझी रहेका छन्

 २३ औ साधारण सभा को उदघाटन लुम्बीनी प्रदेश सभा का सदस्य भुवनेश्वर चौधरी ले पानस मा बत्ती वालेर गर्दै सहकारीले गाउँगाँउमा रोजगारी सिर्जना गर्दै शेयर सदस्यहरु को जिवन स्तर माथी उकास्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने र शेयर सदस्यहरु को हित अनुकुल काम गर्नु पर्ने कुरा बताएका थिए भने आजको दिन शेयर सदस्यहरुले संस्थाको हरेक हिसाब किताब खोज्नु पर्ने दिन भएकोले सबैले चासो दिनु पर्ने बताएका थिए ।

 यस साधारण सभा कार्यक्रम मा विशिष्ट अतिथि बढैयाताल गाउपालिका अध्यक्ष हिमालय त्रिपाठी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी , केन्द्रीय सहकारी संघ का सन्चालक हरि बहादुर अधिकारी, साना किसान लघुवित्तिय सहकारी नेपालगंज का प्रबन्धक विसाल तुलाघर ६ नं वडाका अध्यक्ष शुक्र राज सापकोटा लगायतले यस सहकारीको २३ औ साधारण सभा तथा ७ औ अधिवेशन को पूर्ण सफलताको शुभकामना व्यक्त गरेका थिए भने यस कार्यक्रम मा संस्था का ७० वर्ष नाघेका जेष्ठ नागरिक , संस्था बाट रिर्ण लिई आयआर्जन गरेका सदस्यहरु तथा संस्थाका शेयर सदस्यका एसईई मा उत्कृष्ट हुने सन्तति समेत लाई नगद पुरस्कार तथा प्रमाणपत्र ले सम्मान गरिएको थियो ।

यस साना किसान कृषि सहकारी संस्थाको बार्षिक प्रतिवेदन , आम्दानी खर्च प्रतिवेदन र अगामी वर्ष गरिने कार्ययोजना संस्थाका मुख्य प्रबन्धक माया पोख्रेल ले प्रतिवेदन मार्फत प्रस्तत गरेकी थिईन् । कार्यक्रम सहकारी संस्थाका अध्यक्ष बिष्णु प्रसाद लम्सालको सभापतित्व मा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP