Trend
आइतबार , भाद्र २८, २०८३

गरे के हुँदैन र गुलरिया–४ का १३ वर्षका बालकको प्रेरणादायी कथा कथा सुरु हुन्छ, जब उनका बुबाले एकदिन सानो गल्तीका कारण उनलाई गाली गरे। बुबाको त्यो शब्दले बालकको मन छोयो, तर रिस या निराशा होइन उनीभित्र गरे के हुँदैन र भन्ने आत्मविश्वास जाग्यो। त्यसपछि उनले पढाइसँगै केही गर्ने सोच बनाए।

कृष्ण बहादुर बिश्वकर्मा

बर्दिया / बर्दिया जिल्लाको गुलरिया–४ सृजनशील टोल बस्ने दशरथ थारुको छोरा वर्ष १३ का पावल थारु अहिले गाउँका सबैका लागि प्रेरणाको पात्र बनेका छन्। सानो उमेरमै घरको र आफ्नो पढाईको जिम्मेवारी र आत्मनिर्भरता सिकेका उनी अहिले केरा बेचेर आफ्नो घरको खर्च चलाइरहेका छन्।

कथा सुरु हुन्छ, जब उनका बुबाले एकदिन सानो गल्तीका कारण उनलाई गाली गरे। बुबाको त्यो शब्दले बालकको मन छोयो, तर रिस या निराशा होइन उनीभित्र गरे के हुँदैन र भन्ने आत्मविश्वास जाग्यो। त्यसपछि उनले पढाइसँगै केही गर्ने सोच बनाए। गाउँको बजारमा केरा सजिलोसँग उपलब्ध हुने देखेपछि उनले केरा बेच्ने काम सुरु गरे। पहिलो दिन उनले ५ दर्जन केरा लिएर बजार पुगे। डर पनि थियो, लाज पनि।

तर हिम्मत गरेर हरेक ग्राहकलाई मीठो बोलीमा “केरा लिनुहोस्” भने। केही घण्टामै सबै केरा बिक्री भए र सानो नाफा पनि कमाए। त्यही दिनदेखि उनको आत्मबल झनै बढ्यो। अहिले उनी दिनमा विद्यालय जान्छन् र विद्यालयपछि फुर्सतको समयमा बजारमा केरा बेच्न जाने गर्छन्। अहिले त दशै र तिहारको बिदामा त उनको केराको व्यापार झनै फस्टाएको छ सुर्यद्य अगाडी नै क्यारेटमा केरा लिएर घर दैलोमा अईपुग्दछन उनी भन्छन्, बुबाले घरमा बसेर केहि गर्दैनस पैसा कमाएर देखाउन सक्छस कमाएर देखा भनी गाली गर्नुभयो, त्यही गालीले मलाई काम गर्न हिम्मत र मनमा एक किसिमको उर्जा दियो ।

फलस्वरूप अहिले म आफ्नै खर्च चलाउन सक्छु। उनको यो सोचले गाउँका अन्य बालबालिकालाई पनि आत्मनिर्भर बन्न प्रेरणा दिएको छ।
पढाइ, श्रम र आत्मनिर्भरता सँगसँगै अगाडि बढिरहेका यो बालकले देखाएका छन्—उमेरले होइन, सोचले ठूलो बनाउँछ। बुबा–आमासमेत अहिले उनलाई गर्वको दृष्टिले हेर्छन्। सानो गल्ती र गालीले सुरु भएको घटनाले अहिले गाउँमा उदाहरणीय प्रेरणा बनाएको छ।
यो बालकले दिएको सन्देश सरल तर गहिरो छ यदि मनले ठान्यो भने सानो उमेरमा पनि ठूला काम गर्न सकिन्छ । आखिर,गरे के हुदैन र ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP