दिगो बन व्यवस्थापन का लागि उपभोक्ता समिति का सदस्यहरु लाई अभिमुखिकरण तालिम सम्पन्न
ज्ञानेन्द्र पोख्रेल
बर्दिया / वन सम्बर्द्धन प्रणालीमा आधारित दिगो बन व्यवस्थापन सम्बन्धी उपभोक्ता समुह को लागी १ दिने अभिमुखिकरण तालिम यहि अश्विन २८ गते बढैयाताल गाउपालिका मा सम्पन्न भएको छ ।
बाँसगढी सब डिभिजन बन कार्यालय अन्तरगत रहेका बढैयाताल र बाँसगढी नगरपालिका भित्रका ८१ वटा सामुदायिक वन उपभोक्ता समिती का करिब १६० भन्दा बढी सदस्यहरू सहभागी रहेको अभिमुखिकरण तालिम कार्यक्रम मा सामुदायिक वन हरु लाई कसरी दिर्घकालीन रुपमा प्रयोग गर्ने सक्ने सम्भावना लाई मध्यनजर गर्दै पुराना र बुढा रुखहरु काटदै नयाँ पुस्ताका रुख विरुवाहरु लगाउने कार्य गनु पर्ने साथै वनका स्रोतहरू (जस्तै: रूख, वन्यजन्तु, पानी, माटो, जैविक विविधता आदि) लाई दीर्घकालीन रूपमा संरक्षण, उपयोग, र पुनःउत्पादन गर्दै — वर्तमान पुस्ताको आवश्यकता पूरा गर्ने तर भविष्यका पुस्ताको आवश्यकता नघट्ने गरी पुराना बुढा रुखहरु हटाउँदै नयाँ रुखहरु हुकाउँदै व्यवस्थित रूपले वनको व्यवस्थापन गर्ने प्रक्रिया नै दिगो बन व्यवस्थापन रहेको जानकारी गराईएको थियो भने दिगो वन व्यवस्थापनका मुख्य पक्षहरू वन क्षेत्र घट्न नदिनु, अवैध कटानी रोक्नु, वन विनाश नियन्त्रण गर्नु हो
वनको उत्पादन शिलता कायम राख्दै वनबाट दाउरा, घाँस, औषधिजन्य बोटबिरुवा, काठ आदि निरन्तर रूपमा प्राप्त हुने सुनिश्चितता गर्नु पर्ने हुन्छ साथै वनमा पाइने बोटबिरुवा, जनावर र सूक्ष्म जीवहरूको सन्तुलन जोगाउनु पनि उपभोक्ता हरुको दायित्व मा पर्ने कुरा तालिममा सहभागी हरुलाई अभिमुखिकरण तालिम दिइएको थियो
यस कार्यक्रम मा अभिमुखिकरण तालिम डिभिजन बन कार्यालय बर्दिया का प्रमुख बिजय राज सुवेदी ले दिएका थिए साथै कार्यक्रम मा सब डिभिजन बन कार्यालय बाँसगढी का प्रमुख दिपक दहित थारू ले स्वागत मन्तव्य राखेका थिए ।






