पोषणयुक्त, सुरक्षित र पर्याप्त खाद्यका लागि सबै को अधिकार सुनिश्चित को नारा सहित विश्व खाद्य दिवस मनाईयो
ज्ञानेन्द्र पोख्रेल
बर्दिया / बढैयाताल, ३० असोज। ४५ औँ विश्व खाद्य दिवसका अवसरमा बढैयातालमा आयोजित कार्यक्रममा खाद्य सुरक्षाको अधिकारलाई व्यवहारमा रूपान्तरण गर्न सबै सरोकारवालाको साझा प्रयास अपरिहार्य रहेको कुरा कार्यक्रममा सहभागी अतिथि हरुले बताएका छन् । मैगर कृषि सहकारी संस्था लि लगायत अन्य संघ संस्था हरुको आयोजनामा गरिएको ४५ औ विश्व खाद्य दिवस कार्यक्रम मा लोप हुन लागेका रैथान बालीहरु को प्रवद्धन तथा संरक्षणको लागि सबै एक हुनु पर्ने कुरामा जोड दिईएको थियो । भने सन् १९७९ मा खाद्य तथा कृषि संगठन (FAO) को महासभाबाट सुरु गरिएको विश्व खाद्य दिवस हरेक वर्ष अक्टोबर १६ मा विश्वव्यापी रूपमा मनाइन्छ। यस वर्षको नाराअनुसार “Water is life, water is food, leave no one behind” अर्थात् “पानी जीवन हो, पानी नै खाद्य हो, कसैलाई पछि नछोडौँ” भन्ने सन्देश रहेको उनले उल्लेख गरेका छन्।

नेपालको सन्दर्भमा जलवायु परिवर्तन, भूक्षय, र कृषि उत्पादनमा आएको असरका कारण खाद्य सुरक्षाको चुनौती अझ जटिल बन्दै गएको बताए। उनका अनुसार, विश्व भोकमरी सूचकाङ्क (Global Hunger Index–2025) अनुसार नेपाल हाल ७२औँ स्थानमा रहेको छ। यद्यपि विगत वर्षको तुलनामा नेपालको स्थिति केही सुधारउन्मुख रहेको समेत जानकारी गराईएको थियो ।
यस कार्यक्रममा वोल्दै कार्यक्रम का प्रमुख अतिथि बढैयाताल गाउपालिका उपाध्यक्ष लक्ष्मी अधिकारीले विश्वमा वर्षेनी लाखौको संख्यामा भोकमरी बाट मर्ने भएकोले पोषणयुक्त, सुरक्षित र प्रयाप्त खाद्य अधिकार सुनिश्चितताको लागि सबै तहका सरकारको ध्यान जानुपर्ने कुरा जरुरी रहेको बताउनुभयो भने, “हाम्रो देशमा अझै पनि पाँच वर्षमुनिका करिब २५ प्रतिशत बालबालिका पोषण युक्त खाद्य अभावका कारण कुपोषणको शिकार छन्। ग्रामीण क्षेत्रमा पौष्टिक आहाराको पहुँच अझै सीमित छ।” उनले भनिन खाद्य सुरक्षाको सुधारका लागि उत्पादन प्रणाली सुदृढीकरण, भण्डारण, बजार सञ्जाल विस्तार, र पोषणयुक्त बाली उत्पादनमा जोड दिनुपर्ने कुरामा सबैको ध्यान जानुपर्ने हुन्छ। भने कार्यक्रममा बढैयाताल कृषि शाखाका प्रमुख दिपेन्द्र श्रीवास्तवले बढैयाताल गाउँपालिका भित्र आफ्नै उत्पादन ले पुग्ने भएता पनि देशै भरी अझै पनि खाद्य समस्यामा लाखौ जनता रहेको कुरा बताएका थिए
यसैगरि शून्य भोकमरी (Zero Hunger) लक्ष्य प्राप्तिका लागि दीर्घकालीन कृषि नीतिहरू, कृषि पूर्वाधारमा लगानी, तथा नवप्रवर्तनयुक्त प्रविधिको प्रयोगलाई आवश्यक बताउँदै भने,“खाद्य सुरक्षा र पोषण सुरक्षामा स्थानीय सरकार, निजी क्षेत्र, सहकारी संस्था र किसानबीचको साझेदारी नै दीर्घकालीन समाधान हो।” उनले मुलुकमा उत्पादन बढाउन, कृषकलाई बजारमा पहुँच दिलाउन, तथा ‘खाद्य प्रणाली रूपान्तरण’ मा ध्यान केन्द्रित गर्न वडा नं ८ का अध्यक्ष तेजनाथ पौडल वडा नं ९ का अध्यक्ष विर बहादुर थारू लगायतका बक्ता हरुले आग्रह गरे।
“यो दिवसले हामी सबैमा स्वदेशी उत्पादनमा भरोसा बढाउने, कृषकको श्रमको कदर गर्ने, र आत्मनिर्भर खाद्य प्रणाली निर्माण गर्ने प्रेरणा दिन्छ। खाद्य सुरक्षाको सुनिश्चितताका लागि सबै तहका सरकार र नागरिकको संयुक्त प्रयास आवश्यक छ।” यस कार्यक्रममा खाद्य बाली तथा तरकारी मा अत्याधिक असुरक्षित विषादीको प्रयोग ले बालवालिकाहरुमा जटिल समस्याहरु देखिएकोले विषादीहरु को प्रयोग बालवालिका को पहुँच देखी टाढा राख्नुपर्ने भन्दै सरोकारवाला संघ संस्था हरुले बढैयाताल गाउपालिका उपाध्यक्ष मार्फत स्थानिय सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । साथै यस कार्यक्रममा बढैयाताल वडा नं ५ मा रहेको मैगर कृषि सहकारी संस्था ले रैथाले बाली तथा उत्पादनहरु को स्टल समेत प्रदर्शनी मा राखेको थियो यस कार्यक्रम मैगर कृषि सहकारी का अध्यक्ष किसनी कुमारी चौधरीको सभापतित्व मा भएको थियो ।






