Trend
मंगलबार , फागुण १९, २०८२

ट्राफिक नियमको अवहेलना र चालकको असावधानीका कारण बजार क्षेत्र बढी असुरक्षित बन्दै

कृष्ण बहादुर बिश्वकर्मा

बर्दिया गुलरिया,असोज १ हालका दिनमा बजार क्षेत्रका सडकहरूमा अटो रिक्साको भीड तीव्र रूपमा बढ्दै गएको छ। सस्तो भाडा र सहज यात्राका कारण अटो सर्वसाधारणको मुख्य यातायातको माध्यम बन्दै गएको छ। तर, चालकहरूले सवारी चलाउँदा ट्राफिक नियम नमान्ने, साइड नदिने र असावधानी देखाउने प्रवृत्तिले बजार क्षेत्रमा दुर्घटनाको जोखिम झन् बढाएको छ।बजारमा पैदल यात्रु, मोटरसाइकल, साइकल र अटो एउटै सडकमा एकैपटक गुड्ने हुँदा सानो गल्तीले ठूलो दुर्घटना निम्त्याउने सम्भावना रहन्छ।

अटो चालकहरूले अक्सर सवारी रोक्ने वा मोड्ने बेला साइड नदिने, हरन नबजाई अचानक लेन परिवर्तन गर्ने जस्ता लापरवाहीका कारण पैदल यात्रु र अन्य सवारी साधन ठोक्किने घटना बढ्दै गएका छन्। यसरी नियम उल्लङ्घन गर्दा मानिसहरूलाई चोटपटक लाग्ने मात्र होइन, आर्थिक नोक्सानी र यातायातमा अवरोध पनि सिर्जना हुने गरेको छ। स्थानीय व्यापारी र सर्वसाधारणले पनि बजार क्षेत्रमा सवारी चलाउने तरिका सुधार्न चालकहरूलाई आग्रह गरेका छन्। बजारमा दिनभर भीड हुन्छ। अटो चालकले जथाभावी चलाउँदा हिँड्नै डर लाग्ने अवस्था छ, गुलरिया बजारका एक व्यापारी श्रीखाला रुउलेले भने ट्राफिक प्रहरीका अनुसार, पछिल्लो समय बजार क्षेत्रमा हुने सवारी दुर्घटनामध्ये अटो र मोटरसाइकलबीचको ठक्कर धेरै हुने गरेका छन्।

प्रहरीले चालकहरूलाई नियमित रूपमा सचेतना र निगरानीमा राखेको भए पनि केही चालक अझै लापरवाहि देखिन्छन्।ट्राफिक प्रहरीले बजार क्षेत्रमा सीमित गतिमा मात्र अटो चलाउन, यात्रुहरूलाई तोकिएको स्थानमै चढाउने–उतार्ने र साइड दिने बानी बसाल्न सुझाव दिएको छ। साथै, सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभई अटो चलाउनेहरूलाई कडा कारबाहीको चेतावनी दिइएको छ।बजार क्षेत्रमा अटोले साइड नदिँदा दुर्घटनाको जोखिम अत्यधिक बढेको छ। यसलाई नियन्त्रण गर्न चालकहरूले जिम्मेवारीपूर्वक सवारी चलाउनुपर्छ भने सम्बन्धित निकायले निगरानी र सचेतना दुवैलाई सशक्त बनाउन आवश्यक छ। सचेत चालक र अनुशासित सडक प्रयोगकर्तामार्फत मात्र सुरक्षित बजार सम्भव छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP