Trend
बुधबार , कार्तिक २०, २०८२

ज्ञानेन्द्र पोख्रेल

बर्दिया / उद्योग वाणिज्य संघ बढैयाताल को आयोजनामा ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दिया बाट सरुवा भई जान लागेका प्रहरी निरिक्षक राजेश कुमार तेली को फेरी भेटौला तथा सरुवा भई मैनापोखर ईलाका प्रहरी कार्यालय आउनु भएका प्रहरी निरिक्षक अच्युत गिरी को स्वागतमा यहि कार्तिक ८ गते मैनापोखरमा एक कार्यक्रम सम्पन्न भएको छ।

यस कार्यक्रम मा जानु हुने र आउनु भएका दुवै प्रहरी निरिक्षकहरु लाई स्वागत तथा विदाई कार्यक्रम गरिएको थियो भने यस कार्यक्रममा नागरिक र प्रहरी विच अन्तरक्रिया तथा यस क्षेत्रमा प्रहरी तथा नागरिक को तर्फ बाट शान्ती सुरक्षा , अमनचयन कायम गर्न गर्नु पर्ने भुमिकाको विषयमा छलफल भएको थियो । कार्यक्रम मा अधिकांश सहभागीहरु ले खुल्ला सिमानाका कारण बढैयाताल गाउपालिका लागु औषध सेवन तथा ओसारपसार को हव बन्दै गएकोले यस्ता क्रियाकलाप निरुत्साहित गर्न प्रहरी र नागरिक संगसंगै जानुपर्ने मा सहभागी हरुले जोड दिएका थिए

भारतिय खुल्ला सिमानाका कारण भारतिय बजार क्षेत्रमा किनमेलका लागि नेपालीहरु जाने र निर्वाध रुपमा ल्याउन पाउने भएकोले यस क्षत्रका व्यवसायीहरु लाई ठुलो मर्का परेको व्यवसायीहरु ले गुनासो गरेका थिए , साथै यस कार्यक्रम मा प्रहरी निरिक्षक अच्युत गिरी ले सबै कुरा प्रहरी ले मात्र एक्लै गर्न नसक्ने भएकोले नागरिक हरु समेत को सहयोग र सहकार्य भएमा उठेका सवालहरु लाई केही हद सम्म नियन्त्रण गर्न सकिने बताएका थिए साथै प्रहरी लाई सुचनाको आवाश्यक पर्ने भएकोले कहींकतै गलत गतिविधि भएको भए प्रहरी लाई सुचना दिन आग्रह गरेका थिए । कार्यक्रम बढैयाताल उद्योग वाणिज्य संघ का अध्यक्ष बालकृष्ण लामिछाने को अध्यक्षता मा भएको थियो भने प्रमुख अतिथि बढैयाताल गाऊ पालिका अध्यक्ष हिमालय त्रिपाठी रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP