देउसी भैलोको रकम मन्दीर निर्माणमा लगाउने उद्घोष
ज्ञानेन्द्र पोख्रेल
बढैयाताल गाउपालिका वडा नं २ सितापुरका स्थानियहरुले यस वर्षको तिहारमा देउसी भैलो खेलेर जम्मा गरेको रकम सोही ठाउँको नवदुर्गा भगवती मन्दिर निर्माण कार्यमा खर्च गर्ने प्रतिबद्धता यहि कातिक ९ गते गरिएको देउसी भैलो बाट संकलित रकम को आम्दानी खर्च सार्वजनिक कार्यक्रममा उद्घोष गरेका छन् ।
बढैयाताल गाउपालिका वडा नं २ सितापुरका समाजसेवी ज्ञान प्रसाद बगालेको नेतृत्व तिहार मा खेलिएको देउसी भैली वाट संकलित रकम रु २ लाख ४० हजार ६ सय ११ रुपैया भएकोमा खर्च कटाई बाँकी रहेको रकम २ लाख २० हजार ७ सय ११ रुपैयाँ सोही वडामा रहेको नवदुर्गा भगवती मन्दिर निर्माण कार्यमा खर्च गरिने आज गरिएको कार्यक्रममा जानकारी गराईएको थियो ।
भने यस बढैयाताल गाउपालिका वडा नं २ को सितापुर अम्मर ज्योति माध्यामिक विद्यालय स्कुल नजिक रहेको प्राचिन नव दुर्गा भगवती मन्दिर २०२९ साल मा स्थापना भई पुजाआजा चल्दै आएको मा उक्त मन्दीर पुरानो भएकोले सोही स्थानमा २०८१ सालमा धार्मिक महायज्ञ गरि करिब २४ लाख रुपैया बचत गरी सोही रकम वाट निर्माण कार्य शुरु भएको ४ तल्ले पगोडा शैली को करिव ४५ लाख रकमको लागत स्टमेट मा नयाँ मन्दिर निर्माणको क्रममा रहेको ले उक्त मन्दिर निर्माण सम्पन्न गर्ने देउसी भैली बाट संकलित रकम खर्च गर्ने निर्णय भई खर्च गर्ने लागिएको जानकारी आम्दानी खर्च को प्रतिवेदन प्रस्तुत गर्दै देउसी भैलो कार्यक्रम का नेतृत्वकर्ता तथा समाजसेबी ज्ञान प्रसाद बगालेले जानकारी गराएका थिए।
यस कार्यक्रम मा बोल्दै बढैयाताल वडा नं २ का अध्यक्ष डिलादेव गिरी ले यसरी यस सितापुर का जनताहरुले देउसी भैलो खेलेर उठाएको रकम प्राचिन मन्दीर निर्माण कार्यमा खर्च गर्ने घोषणा गर्नु सराहनीय कार्य भएको मा सबैलाई धन्यवाद दिदै मन्दीर निर्माण कार्यमा २ नं वडा कार्यालय ले समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए भने आर्थिक पारदर्सिता भए काम सफल हुने भएकोले सबै लाई आर्थिक पारदर्शितामा ध्यान दिन आग्रह गरेका थिए।
यस कार्यक्रम मन्दीर व्यवस्थापन समिति का उपाध्यक्ष पार्वती बुढाको सभापतित्व मा भएको थियो साथै यस कार्यक्रम मा यस वडाका वडा सदस्य रामसिंह ठकुरी ,समाजसेवी दुर्गादत शास्त्री, नल प्रसाद घिमिरे, राम प्रसाद आचार्य, अर्जुन गुरुङ , ज्ञान प्रसाद बगाले , प्रेम प्रसाद पौडेल , नारायण प्रसाद पौडेल, तारा काफले, संगिता गौतम, युवा कमान्डर मान बहादुर धर्ति लगायतका युवाहरु साथै स्थानिय महिला पुरुषहरु लगायतको उपस्थिति रहेको थियो ।






