Trend
बिहिबार , माघ २, २०८२

बर्दिया,कार्तिक १४/लागू औषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका आसपासबाट लागू औषधसहित पाँच जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

बढैयाताल गाउँपालिका–८ कण्ठपुर चेकपोष्ट स्थित बुधबार साँझ साढे ७ बजे भारत देखि नेपाल तर्फ शंकास्पद रुपमा आईरहेका जिल्ला बाँके बैजनाथ गाउँपालिका–५ बनकटुवाका २६ वर्षीय प्रकाश रेग्मी र २६ वर्षीय प्रदिप चौधरीको साथबाट १ ग्राम २ सय ९० मिलिग्राम लागू औषध ब्राउन सुगरको धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै बढैयाताल गाउँपालिका–२ फुटाह स्थितबाट बुधबार राती साढे १० बजे तीन जनालाई लागू औषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो । गेरुवा गाउँपालिका–४ गोलाका ३२ वर्षीय बिर बहादुर रावल, जिल्ला बाँके कोहलपुर नगरपालिका–५ का २५ वर्षीय सुरज शाही र देश भारत कर्नाटक प्रदेश ब्याङ्लोरका २४ वर्षीय सोयत साइतको साथबाट ४ सय ५० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङको धुलो पदार्थ फेला परेको प्रहरीले दावी गरेको छ ।

पाँचै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी जिल्ला अदालतबाट बिहीबार पाँच दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी देवेन्द्र कुमार मल्लले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी

संरक्षक बनेर वडा अध्यक्षले गरे असहाय बालिकाको नागरिकता सुनिश्चित


TOP