Trend
बुधबार , कार्तिक २०, २०८२

काठमाडौँ- डिभिजन वन कार्यालय, इलामका डिभिजनल वन अधिकृत (अधिकृत दशौँ तह) हाल डिभिजन वन कार्यालय, भोजपुरमा कार्यरत दान बहादुर श्रेष्ठ उपर भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप पत्र दाय गरेको हो।

श्रेष्ठले सुरू नियुक्ति मिति २०४८ असार २६ देखि सम्पत्ति विवरण फाराम भरी बुझाएको मिति २०८० फागुन १६ गतेसम्म उनी र उनको एकाघर परिवारका सदस्यहरूले आर्जन गरेको वैधानिक २ करोड १६लाख ८५ हजार ५५७ रुपैयाँ ९६ पैसा आय आर्जन गरेको र सोही अवधिमा ३ करोड ६० लाख ४ हजार ४९५ रुपैयाँ ४८ पैसा खर्च देखिएकोले समग्रमा कुल आय भन्दा कुल व्यय जम्मा १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ ५२ पैसा बढी देखिएको अख्तयारको भनाई छ।

उक्त रकमको स्रोत पुष्टि हुन नसकेको हुँदा उक्त रकम बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहरसहित अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

यस्तै सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मात्र नरमाया श्रेष्ठ, भावना वरुवाल र फरेष्ट एण्ड इन्भारोमेन्ट रिसर्च अर्गनाइजेशन प्रालि भक्तपुरलाई प्रतिवादी कायम गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP