Trend
बुधबार , कार्तिक २०, २०८२

काठमाडौँ । सरकारले २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो भने सञ्चारमन्त्री जगदिश खरेलले अन्यको अध्ययन भइरहेको जानकारी दिएका छन्।

अविरोधमा हिंसा हुँदा ७६ जनाले ज्यान गुमाएका थिए तर कतिपयको शव अझै सनाखत हुन सकेको छैन। जलेका अवस्थामा भेटिएका शवको पहिचान हुन सकेको छैन। जेलबाट भाग्ने क्रममा गोली लागेर मृत्यु भएका १० कैदी तथा केही भारतीय नागरिकको नाम सहिद सूचीमा राखिएको छैन। आन्दोलनकै क्रममा मृत्यु भएका तीन प्रहरीको पनि नाम सूचीमा छैन। सरकारले आन्दोलनमा ज्यान गुमाएकालाई मात्र सहिद घोषणा गरेको हो।

२३ भदौमा भ्रष्टाचारविरुद्ध बानेश्वरमा भएको आन्दोलनमा गोली लागेर २३ जनाको मृत्यु भएको थियो। त्यसको विरोधमा भोलिपल्ट देशभर नागरिक सडकमा उत्रिएका थिए जसका कारण तत्कालीन केपी ओली नेतृत्वको सरकार अपदस्थ भएको थियो। त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भई चुनावको घोषणा गरिएको थियो।

सरकारले आन्दोलनमा ज्यान गुमाएकाको सम्झौतामा जेन–जी स्मारक पार्क बनाउने घोषणा गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP