Trend
आइतबार , भाद्र २८, २०८३

काठमाडौँ । सरकारले २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो भने सञ्चारमन्त्री जगदिश खरेलले अन्यको अध्ययन भइरहेको जानकारी दिएका छन्।

अविरोधमा हिंसा हुँदा ७६ जनाले ज्यान गुमाएका थिए तर कतिपयको शव अझै सनाखत हुन सकेको छैन। जलेका अवस्थामा भेटिएका शवको पहिचान हुन सकेको छैन। जेलबाट भाग्ने क्रममा गोली लागेर मृत्यु भएका १० कैदी तथा केही भारतीय नागरिकको नाम सहिद सूचीमा राखिएको छैन। आन्दोलनकै क्रममा मृत्यु भएका तीन प्रहरीको पनि नाम सूचीमा छैन। सरकारले आन्दोलनमा ज्यान गुमाएकालाई मात्र सहिद घोषणा गरेको हो।

२३ भदौमा भ्रष्टाचारविरुद्ध बानेश्वरमा भएको आन्दोलनमा गोली लागेर २३ जनाको मृत्यु भएको थियो। त्यसको विरोधमा भोलिपल्ट देशभर नागरिक सडकमा उत्रिएका थिए जसका कारण तत्कालीन केपी ओली नेतृत्वको सरकार अपदस्थ भएको थियो। त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भई चुनावको घोषणा गरिएको थियो।

सरकारले आन्दोलनमा ज्यान गुमाएकाको सम्झौतामा जेन–जी स्मारक पार्क बनाउने घोषणा गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP