Trend
शुक्रबार , कार्तिक २२, २०८२
  • लागु औषध नियन्त्रण सम्बन्धी कार्यशाला सम्पन्न

ज्ञानेन्द्र पोख्रेल

बढैयाताल वडा नं ७ वडा कार्यालयको आयोजना र बाँके युनेस्को क्लवको सहकार्य साथै ईलाका प्रहरी कार्यालय मैनापोखर संगको समन्वयमा १ दिने लागु औषध नियन्त्रण सम्बन्धी सचेतना मुलक अभिमुखिकरण कार्यक्रम वडा नं ७ को सभाहलका आज कार्तिक २१ गते सम्पन्न भएको छ ।

यस कार्यक्रम मा बाँके युनेस्को क्लव का उप निर्देशक गोविन्द प्रसाद लामिछानेले कार्यक्रमको विषयवस्तु र बाँके युनेस्को क्लव ले यस वडामा बाल बालिका र किशोरी लक्षित कार्यक्रम सन्चालन गरेको साथै बालविवाह न्युनिकरण, लागु औषध नियन्त्रण तथा नियमन कसरी गर्ने सकिन्छ भन्ने विषयमा सबै मिलेर लाग्न सकेको खण्डमा क्रमश नियन्त्रण हुदै जाने हुदाँ युवा जगतको महत्वपूर्ण भूमिका हुने कुरा व्यक्त गरेका थिए ।

यस कार्यक्रम मा किशोर किशोरी हरुलाई लागु औषध के हो यसले समाज र युवाजगतलाई कस्तो प्रभाव पारेको छ र लागु औषध ओसार पसार र सेवन गरेमा के के कानुनी व्यवस्था रहेको छ लगायतका विषयमा ईलाका प्रहरी कार्यालय मैनापोखर का प्रहरी निरीक्षक अच्युत गिरीले स्लाईडको माध्यम बाट सहजीकरण गरेका थिए भने यस कार्यक्रम लागु औषध प्रयोग र ओसार पसार मा मा युवाहरुको बढ्दो क्रम रहेकोले यस्ता कृयाकलाप नियन्त्रणमा प्रहरी , समुदाय र युवा जगतको महत्वपूर्ण भूमिका हुने भएकोले सबै मिलि लागुऔषध नियन्त्रण बालविवाह को अन्त्य लगायतका समाजमा रहेका विकृति विसंगति रोक्न लाग्नु पर्ने कुरा मा जोड दिइएका थिए।

वडा अध्यक्ष राधेश्याम थारूले बढैयाताल गाउँपालिकामा भारतसंगको खुल्ला सिमानाका कारण लागु औषध नियन्त्रण गर्न निकै चुनौती रहेकाले सबैको सहकार्य र एकता बाट मात्र नियन्त्रण सम्भव हुने धारणा राखेका थिए

बालविवाह अझै पनि न्युनिकरण गर्ने नसिकिएको हुदाँ यस लाई न्युनिकरण का लागि टोल स्तर बाटै अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए भने बाँके युनेस्को क्लव संग को सहकार्यमा यस वडामा बालविवाह न्युनिकरणका लागी धेरै कार्यक्रम गरिएको समेत जानकारी गराएका थिए भने यस कार्यक्रम वडा नं ७का अध्यक्ष राधेश्याम थारुको सभापतित्व भएको थियो साथै कार्यक्रममा जनप्रतिनिधिहरू, युवा सन्जालका युवा युवती हर नागरिक समाज , वडघर का प्रतिनिधि , समुदायिक बन का अध्यक्षहरु महिला सन्जालका सदस्यहरु ,अभिभावकहरु, नेपाल प्रहरी ,संन्चारकर्मी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम मा वडा सचिव रण बहादुर रावतले स्वागत मन्तव्य व्यक्त गरेका थिए कार्यक्रम सञ्चालन बाँके युनेस्को क्लवका फिल्ड सुपरभाईजर राम बहादुर थारू ले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

देउसी भैलोबाट उठेको रकम मन्दिर निर्माणमा खर्च गर्ने घोषणा


TOP