वडा ले दियो सुत्केरी महिलालाई पोषण सामाग्री
ज्ञानेन्द्र पोख्रेल
बर्दिया / बढैयाताल गाउपालिका वडा नं ९ को जनता संग वडा अध्यक्ष कार्यक्रम अन्तरगत यहि कार्तिक २४ गते बडा कार्यालयमा एक कार्यक्रम गरि वडा भित्रका सुत्केरी महिलाहरु लाई पोषण साम्रागी मा एक क्यारेड अण्डा र आयुवेर्दिक औषधी निशुल्क वितरण गरेको छ ।
बढैयाताल गाउपालिका वडा नं ९ मुक्त कमैया, सुकुम्वसी र भुमिहिन जनताहरुको बसोवास रहेको वडा भएको कारण यहाँका सुत्केरी महिलाहरु ले पोषण खानेकुराको अभावमा बच्चामा कुपोषण आमा को स्वास्थ्य मा कमजोरी लगायतका समस्याहरु विकराल रुपमा रहेकोले समस्या लाई सम्बोधन गर्ने उद्देश्यले वडा कार्यालयले आफ्नो निति तथा कार्यक्रम मा जनता संग वडा अध्यक्ष कार्यक्रम समावेश गरी आज देखी यस वडा भित्र सुत्केरी हुने प्रत्येक आमाहरु लाई पोषण खानेकुरा मा जोड दिने उद्देश्यले नियमित रुपमा एकपटक पोषण खाद्यपदार्थ अन्तरगत एक क्यारेड अण्डा र बढैयाताल आयुवेर्दिक औषद्यालय को सहकार्यमा आयुवेर्दिक औषधी समेत दिइने कार्यक्रम रहेको र सो कार्यक्रम को आज देखी शुभारम्भ गरिएको बढैयाताल वडा नं ९का अध्यक्ष बिर बहादुर थारू ले जानकारी गराएका थिए ।
साथै पोषण साम्रागी वितारण तथा सम्मान कार्यक्रम मा यस ९ नं वडा कार्यालय अन्तरगत रहेको आधारभुत स्वास्थ्य केन्द्र का स्वास्थ्यकर्मी र वडा भित्र रहेका महिला स्वास्थ्य स्वयं सेविकाहरु को मेहनत र लगनशीलताले यस स्वास्थ केन्द्र उत्कृष्ट स्वास्थ्य केन्द्र हुन सफल भएको ले स्वास्थ्य कर्मी र स्वयम सेविका हरु गरी आठ जना लाई कदर पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो साथै यस सम्मान तथा पोषण सामाग्री वितरण कार्यक्रम बढैयाताल गाउपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी को प्रमुख आतिथ्य मा भएको थियो ।
भने कार्यक्रम मा बढैयाताल गाउपालिका का प्रमुख प्रशासकिय अधिकृत अर्जुन थारू बडा नं ९ का वडा सदस्यहरू , बढैयाताल स्वास्थ्य शाखा का दिपा रिजाल, जमुनी आयुवेर्दिक औषद्यालय का प्रमुख नविन चौधरी, बढैयाताल पोषण सहजकर्ता टेकमा खड्का , आधारभुत स्वास्थ्य संस्था वडा नं ९ का प्रमुख अनुप सिंह थारू , वडा नं ९ का सचिव विजय चौधरी, संन्चार कर्मी लगायतको उपस्थिति रहेको थियो । भने कार्यक्रम वडा नं ९ का वडा अध्यक्ष विर बहादुर थारू को सभापतित्वमा भएको थियो ।







