Trend
बिहिबार , जेठ २८, २०८३

अहिलेको सरकार संविधान विपरित बनेको एमालेको आरोप

ज्ञानेन्द्र पोख्रेल

 बर्दिया / नेकपा एमाले बढैयाताल पालिका कमिटीले आज बढैयातालमा जन जागरण सभा सम्पन्न गरेको छ । नेकपा एमालेका केन्द्रीय सर्कुलर अनुसार आज देशव्यापी रुपमा जनजागरण सभा अन्तर्गत बढैयातालमा पनि कार्यक्रम गरिएको नेकपा एमाले बढैयाताल पालिका कमिटीका अध्यक्ष प्रेम राज त्रिपाठी ले जानकारी दिएका छन्।

यस जनजागरण सभा मा उपस्थित सयौ एमाले नेता कार्यकता हरुले प्रतिगामी षडयन्त्र- मुर्दावाद, विघटित प्रतिनिधि सभा- पुर्नस्थापना गर , हत्या हिसां, आतंक- बन्द गर, तोडफोड लुटपाट र आगजनी कार्यमा संलग्न लाई- कारवाही गर , जनताको बहुदलिय जनवाद- जिन्दावाद लगायतका नारा लगाउँदै मैनापोखर बजार परिक्रमा गरी मैनापोखर चोक मा कोण सभा गरेका थिए ।

कोण सभालाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा बर्दिया ईन्चार्ज लक्ष्मण राज ज्ञावली ले सम्बोधन गर्दे अहिलेको सरकार सम्बिधान विपरित बनेको र यथासिघ्र संसद पुर्नस्थापना गरी संवैधानिक राष्ट्रिय सरकार बनाउनु पर्ने नेकपा एमालेको माग रहेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP