Trend
आइतबार , भाद्र २८, २०८३

काठमाडौंमा अवैध म्यारिज ब्युरो सञ्चालन गर्ने ४ चिनियाँ नागरिक पक्राउ।नेपालमा व्यवसायिक भिसा लिएर आए पनि अनुमतिबाहिरको गतिविधि गर्दै विदेशी नागरिकसँग विवाह मिलाउने काम गर्दै आएको विभागले जनाएको छ।

काठमाडौं /  काठमाडौंको सोह्रखुट्टे क्षेत्रमा अवैध रूपमा म्यारिज ब्युरो सञ्चालन गरेको आरोपमा चारजना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। व्यवसायसम्बन्धी भिसा लिएर नेपाल आएका उनीहरूले भिसाको उद्देश्यभन्दा फरक गतिविधि गर्दै म्यारिज ब्युरो संचालन गरेको भन्ने विशेष सूचनाका आधारमा अध्यागमन विभागको टोलीले छापा मारेको हो।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको छ। उनीहरूले नेपालमा व्यवसायिक भिसा लिएर आए पनि अनुमतिबाहिरको गतिविधि गर्दै विदेशी नागरिकसँग विवाह मिलाउने काम गर्दै आएको विभागले जनाएको छ।

विभागले यस प्रकरणको विस्तृत अनुसन्धान अघि बढाइरहेको र भिसा दुरुपयोग तथा अवैध क्रियाकलापमा संलग्न विदेशी नागरिकविरुद्ध आवश्यक कानुनी कारबाही गर्ने तयारी गरेको जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP