Trend
मंगलबार , फागुण १९, २०८२

संयुक्त प्रहरी अभियान: मैनापोखरबाट ठूलो मात्रामा लागुऔषध बरामद, दुई नियन्त्रणमा

ज्ञानेन्द्र पोख्रेल

बढैयाताल / २० गते /  ईलाका प्रहरी कार्यालय मैनापोखर र लागु औषध नियन्त्रण व्युरो नेपालगेजको संयुक्त टोलीलेले यहि मंसीर १९ गते साँझ बढैयालालको मैनापोखर बजार वाट ठुलो मात्राको लागुऔषध ब्राउनसुगर सहित दुई युवालाई नियन्त्रणमा लिएको छ।

यस कार्यमा संलग्न गुलरिया नगरपालिका वडा नं ११ लालपुरका का वर्ष १८ का सुनिल चमार र सोही ठाउ बस्ने वर्ष २६ का प्रवेश चमार रहेका छन् भने निजहरुको साथ बाट लागु औषध ब्राउन सुगर ५० ग्राम ९७० मिलिग्राम सहित निजहरुलाई प्रहरी ले नियन्त्रणमा लिएको थियो ।

निजहरु मोटर साइकलमा चढी गुलरिया नगरपालिकाको लालपुर देखी मैनापोखर हुँदै वौसगढी तर्फ जादै गर्दा मैनापोखर वजारबाट लागु औषध नियन्त्रण व्युरोको विषेश टोली र ईलाका प्रहरी कार्यालय मैनापोखर को संयुक्त टोली ले नियन्त्रणमा लिएको जानकारी ईलाका प्रहरी कार्यालय मैनापोखर का प्रमुख अच्युत गिरी ले बताएका छन्

भने निजहरु दुवै जनालाई ईलाका प्रहरी कार्यालय मैनापोखर मा थुनामा राखी थप अनुसन्धान भै रहेको र यो लागु औषध वरामद अहिले सम्म ठुलो परिमाणमा रहेको बर्दिया प्रहरी ले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP