Trend
मंगलबार , फागुण १९, २०८२

भगवती दुग्ध उत्पादक सहकारी को अध्यक्ष मा लुईटेल निर्विरोध

ज्ञानेन्द्र पोख्रेल

बर्दिया / बढैयाताल गाऊपालिका वडा नं ७ मा रहेको भगवती दुग्ध उत्पादक सहकारी संस्था लि को २३ औ वार्षिक साधारण सभा तथा अधिवेशन यहि मंसीर २० गते सम्पन्न भएको छ ।

केन्द्रीय सहकारी संघ का संन्चालक सदस्य हरि बहादुर अधिकारी को प्रमुख आतिथ्य मा सम्पन्न भएको कार्यक्रम मा संस्थाका सचिव श्याम राज पौडेल ले संस्थाले आब २०८१ / ०८२ को अषाढ मसान्त सम्म भए गरेका काम तथा संस्थाले शेयर सदस्य तथा दुग्ध उत्पादक सदस्यहरु को लागि यस चालु आव मा गर्ने सकिने काम र शेयर सदस्यहरु हरु लाई दिन सकिने सेवा सुविधा का साथै शेयर सदस्य वृद्धि, दुग्ध उत्पादन को लागी भैसी प्रर्वधन कार्यक्रम , दुग्ध उत्पादनको लागि पशुपालनमा २% व्याजदरमा पशुपालन कर्जा लगायका विषय समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 यस दुग्ध सहकारी संस्था लि ले आव २०८१/०८२ मा ११ सय किसानबाट करिव ३६ लाख ४० हजार ५ सय २१ लिटर दुध खरिद गरि उक्त खरिद गरिएको दुध लगायत दुग्ध पर्दायको विक्रि बाट २५ करोड ३७ लाख १ हजार ९ सय २० रुपैया को कारोवार गरी १ करोड १२ लाख ८७ हजार ६ सय १९ रुपैया खुद मुनाफा गरिएको कुरा प्रतिवेदन मा प्रस्तुत गरिएको थियो ।

 यस दुग्ध सहकारी संस्था देश भरी वाट दशौ नम्बरमा र लुम्बिनी प्रदेशको पहिलो नम्बरमा पर्ने सफल भएको छ । यस सहकारी संस्था लि मा ४ सय ९८ शेयर सदस्य रहेका र यस संस्था ले गएको आब मा १ करोड १२ लाख ७८ हजार नाफा आर्जन गर्ने सफल भई ९ लाख ४७ हजार शेयर बोनस् समेत बाडने जानकारी दिइएको थियो भने यस सहकारी मार्फत बढैयाताल वडा नं ७ की कृषक शारदा लम्साल ले १ वर्षमा ३३ लाख रुपैयाँ भन्दा वढी रुपैयाको करिब ५१ हजार लिटर दुध विक्रि गरेको मा उहाँ लाई संस्थाले सम्मान गरेको थियो ।

आजै सम्पन्न साधारण सभा को बन्द सत्रमा चालु आर्थिक वर्षको बजेट र निति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो भने आजै नयाँ कार्यसमितिका समेत निविरोध चयन गरेको छ जसको अध्यक्षमा ईन्द्र प्रसाद लुइटेल रहेका छन् भने उपाध्यक्ष मा पिङ्गला गौतम , कोषाध्यक्ष मा ज्ञानेन्द्र राज लम्साल, सचिवमा श्याम राज पौडेल सदस्यहरुमा क्रमशः धन कुमारी सापकोटा, राजु पौडेल, प्रभा पौडेल, चिन्तन अधिकारी र अरविन्द यादव रहेका छन् यसै गरी लेखा समिति संयोजक मा दिपक खनाल सदस्यहरु सिता सापकोटा र आशा कुमारी पाण्डे रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP