Trend
आइतबार , भाद्र २८, २०८३

राजापुर गोली काण्डका मुख्य आरोपी कैलालीबाट पक्राउ

बर्दिया–राजापुर गोली काण्डका मुख्य आरोपी कैलालीबाट

पक्राउ परेका छन् । दाङ तुलसीपुर–६ का ५१ वर्षीय महावीर चौधरीलाई प्रहरीले बिहीबार कैलालीबाट पक्राउ गरेको हो । यस अघि सोधपुछको लागि राजापुर नगरपालिका–४ स्थित रहेको हमार थारु रेष्टुरेन्टकी संचालक राम कुमारी चौधरी, बुद्धि चौधरी र राहुल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
गोली काण्ड घटनामा शंका गरिएका मुख्य आरोपी चौधरीलाई कैलालीबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताए ।
गत आइतबार गोली प्रहारबाट दाङ तुल्सीपुर उप–महानगरपालिका–५ का अन्दाजी २७ वर्षीय निरज थारुको मृत्यु भएको थियो । राजापुर नगरपालिका–४ स्थित रहेको हमार थारु रेस्टुरेन्टमा आइतबार बिहान ८ बजे निरज अचेत अवस्थामा भेटिएका थिए । उपचारको लागि नेपालगंज पुर्‍याउँदा उपचारको क्रममा उनको मृत्यु भएको थियो । प्रहरीका अनुसार मृतक थारुको दुवै कानको तल प्वाल देखिएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि थप कुरा खुल्ने प्रहरीले जनाएको छ । घटना किन र कसरी भयो भन्ने विषयमा अझै खुलेको छैन । राजापुर नगरपालिका–४ स्थित कुखुरा फर्ममा निरज थारु काम गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP