चितुवाको आक्रमणबाट बारबर्दियाका एक जनाको मृत्यु
चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट तीन महिला र एक पुरुष गरी ४ जनाको ज्यान गइसकेको डिभिजन वन कार्यालयले जनाएको छ ।
बर्दिया,पुस २– चितुवाको आक्रमणबाट बारबर्दियाका एक जनाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–१० डफैयाका ३२ वर्षीय दिनेश थारुको चितुवाको आक्रमणबाट बुधबार दिउँसो मृत्यु भएको हो ।
बारबर्दिया नगरपालिका–१० सिम्रवा सामुदायिक वनमा शौच गर्न गएको बेला चितुवाको आक्रमणमा परी थारुको ज्यान गएको प्रहरीले जनाएको छ ।
छाती, गर्दन र बायाँ खुट्टाको तिघ्रा खाइसकेको अवस्थामा थारुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी नायव उपरीक्षक देवेन्द्रकुमार मल्लले जानकारी दिए ।
चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट तीन महिला र एक पुरुष गरी ४ जनाको ज्यान गइसकेको डिभिजन वन कार्यालयले जनाएको छ ।






