Trend
आइतबार , भाद्र २८, २०८३

बर्दिया सहित तराईका जिल्लामा बाक्लो हुस्सु, जनजीवन प्रभावित

✍️अफजल खान

 बर्दिया / पुष ६ / बर्दिया लगायत तराईका विभिन्न जिल्लामा केही दिनदेखि बाक्लो हुस्सु लाग्दा जनजीवन कष्टकर बन्दै गएको छ। बिहान र साँझको समयमा अत्यधिक हुस्सु लाग्दा सडक तथा हवाई यातायात प्रभावित भएको छ । चिसो बढेसँगै सर्वसाधारणलाई दैनिक कामकाजमा कठिनाइ भइरहेको छ।

बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा चिसोले जनजिवन कष्टकर बनेको छ।खास गरि बालबालिका ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन। चिसो बढेपछी बजारहरु समेत सुनसान रहेको छ।बाक्लो हुस्सुका कारण दृश्यता कम हुँदा सवारी साधनहरू बत्ती बालेर चलाउनुपर्ने अवस्था आएको छ। विशेषगरी राजमार्ग तथा भित्री सडक खण्डमा सवारी आवागमन जोखिमपूर्ण बनेको छ।

चिसो र हुस्सुका कारण बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीहरू बढी प्रभावित भएका छन्।
चिसो बढेपछि बर्दियाका अस्पताल तथा स्वास्थ्य चौकीहरूमा रुघाखोकी, ज्वरो र श्वासप्रश्वास सम्बन्धी समस्या लिएर आउने बिरामीको संख्या बढ्दै गएको स्वास्थ्यकर्मीहरूले बताएका छन्। विद्यालय जाने विद्यार्थीहरूलाई पनि चिसो र हुस्सुले समस्या उत्पन्न गरेको छ।

मौसमविद्हरूका अनुसार अझै केही दिनसम्म तराई क्षेत्रमा हुस्सु र चिसो यथावत् रहने सम्भावना रहेको छ। आवश्यक सतर्कता अपनाउन, न्यानो कपडा प्रयोग गर्न र सवारी साधन चलाउँदा सावधानी अपनाउन सम्बन्धित निकायले सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP