Trend
आइतबार , भाद्र २८, २०८३
निर्वाचन सुरक्षाका लागि एक लाख ८८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने
✍️अफजल खान

आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन देशभर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिने भएको छ। निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका जनशक्ति तैनाथ गरिने सम्बन्धित निकायले जनाएको छ।

सुरक्षा व्यवस्थाअनुसार निर्वाचन अवधिभर नेपाली सेनाका ७९ हजार ७ सय २७ जना, नेपाल प्रहरीका ७१ हजार ६ सय २० जना र सशस्त्र प्रहरी बलका ३५ हजार १ सय १६ जना सुरक्षाकर्मी परिचालन गरिनेछ। यस्तै, राष्ट्रिय अनुसन्धान विभागका १ हजार ९ सय जना जनशक्ति पनि सूचना संकलन तथा सुरक्षा विश्लेषणमा खटाइनेछ।

मतदान केन्द्रको सुरक्षा, मतपेटिका ढुवानी, मतगणना स्थलको सुरक्षा तथा सम्भावित जोखिम न्यूनीकरणका लागि चारवटै सुरक्षा निकायबीच समन्वय गरी सुरक्षा योजना कार्यान्वयन गरिने बताइएको छ। निर्वाचनलाई भयमुक्त वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा बनाइने सम्बन्धित निकायले स्पष्ट पारेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP