Trend
आइतबार , भाद्र २८, २०८३

प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि डेढ लाख ‘निर्वाचन प्रहरी’ भर्ना हुँदै

अफजल खान

काठमाडौ / पुष ६ /सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारले ठूलो संख्यामा ‘निर्वाचन प्रहरी’ (साबिकका म्यादी प्रहरी) भर्ना गर्ने तयारी गरेको छ।

निर्वाचनको शान्ति–सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित करिब डेढ लाख‘निर्वाचन प्रहरी’ (साबिकका म्यादी प्रहरी ) भर्ना गरिने भएको हो।
गृह मन्त्रालयले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि १ लाख ४७ हजार निर्वाचन प्रहरी आवश्यक पर्ने भन्दै त्यससम्बन्धी बजेट विनियोजन प्रस्ताव अर्थ मन्त्रालयमा पेश गरेको छ।

प्रस्तावअनुसार निर्वाचनको तयारी, मतदान, मतपेटिका ढुवानी तथा मतगणनासम्मको सुरक्षा व्यवस्थापनमा निर्वाचन प्रहरी परिचालन गरिनेछ।
सरकारले यसअघि पनि विभिन्न निर्वाचनमा साबिकका म्यादी प्रहरीलाई निर्वाचन सुरक्षामा खटाउँदै आएको छ। यसपटक पनि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै पर्याप्त जनशक्ति परिचालन गर्न लागिएको गृह मन्त्रालय स्रोतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP