Trend
शनिबार , भाद्र २७, २०८३

अवैध रूपमा भारत लैजाँदै गरिएको सामानसहित गाडी नियन्त्रणमा

अफजल खान

बाँके / पुष ६ /बाँके प्रहरीले अवैध रूपमा नेपालबाट भारततर्फ लैजान लागिएको ठूलो परिमाणको सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१५ क्षेत्रमा शंकास्पद अवस्थामा भारततर्फ गइरहेको UP 32 HQ 1801 नम्बरको गाडीलाई रोकी चेकजाँच गर्दा अवैध सामान फेला परेको हो।
चेकजाँचका क्रममा गाडीमा बिलबिजक नहुँदा अन्दाजी मूल्य १ लाख ६४ हजार रुपैयाँ बराबरको २०५ थान मोबाइल फोन तथा तस्करीमा प्रयोग गरिएको सवारी साधनको अन्दाजी मूल्य १५ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सम्पूर्ण सामानको जम्मा अन्दाजी मूल्य १६ लाख ६४ हजार रुपैयाँ बराबर रहेको छ।
घटनामा संलग्न व्यक्तिसमेतलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज, बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP