Trend
आइतबार , भाद्र २८, २०८३

चार ऐन पारित गर्दै बढैयाताल गाऊपातिकाको गाऊ सभा सम्पन्न

ज्ञानेन्द्र पोख्रेल

बर्दिया / पुष  ८ / बढैयाताल गाउँपालिका १८ औ गाऊ सभा तथा हिउँदे अधिवेशन विभिन्न ऐन र नियमावली पारित गर्दै सम्पन्न भएको छ ।

यहि पौष ८ गते मंगलवार सम्पन्न गाऊ सभाले २०८२/०८३ को संशोधित ‘वजेट तथा कार्यक्रम स्वीकृत गर्ने, ऐन तथा नियमावली संशोधन तथा निर्माण भएका पारित गर्ने , कार्यपालिका ले गरेका निर्णय अनुमोदन लगायतका प्रस्ताब हरु गाऊ सभाले अनुमोदन गरि पारित गरेको छ ।

 छलफलका लागि गाऊपालिकाका अध्यक्ष हिमालय त्रिपाठी ले गाऊसभामा प्रस्तुत गरेका प्रस्तावहरुलाई गाऊसभाको बहुमतले पारित गरेको हो भने आजै भएको गाऊसभामा गाउपालिका अध्यक्ष हिमालय त्रिपाठीले आजको गाऊसभा मा कार्यसुचिमा रहेको गाऊ पालिकाले यस आ: ब मा निर्माण गरेको तिन वटा ऐन बढैयाताल गाऊपालिका पुनस्थापना केन्द्र तथा सेवा कोष ऐन २०८२, बढैयाताल गाउपालिका को जलचर एवं जलिय जैविक विविधता संरक्षण ऐन २०८२ र बढैयाताल गाऊ पालिकाको पर्यटन प्रवर्द्धन ऐन २०८२ सभाको बहुमतले पारित गरेको हो ।

गाऊपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने चालु आव को मंसीर महिना सम्म न्यायिक समितिमा गत वर्ष को १४ वटा यस वर्ष दर्ता भएका २३ वटा गरी ३७ वटा विवाद दर्ता रहेकोमा २४ वटा फर्स्योट भै सकेको र १३ वटा फर्स्योट हुन बाकी रहेको जानकारी गराईएको थियो ।

बढैयाताल गाउपालिका ले हाल सम्म ७० वटा कार्यविधि र ३५ वटा कानुन निर्माण गरिएको जानकारी गाऊ सभामा गराईएको थियो साथै गाऊ सभा मा गाऊ सभा का आठ जना सदस्यहरु ले आ आफ्नो भनाई राखेका थिए बोल्ने अधिकांश सदस्यहरु ले बढैयाताल गाउपालिका ले काम गर्न कार्यशैलि मा असन्तुष्टी जनाएका थिए ।

 गाऊ सभा मा बोल्ने गाऊ सभाका सदस्यहरु ले राखेका प्रश्नहरुको उत्तर गाउँपलिका अध्यक्ष हिमालय त्रिपाठी ले क्रमश दिएका थिए भने अधिकांश उठेका विषयहरु र सुझावहरु अगामी दिनहरुमा सुधार्ने प्रतिवद्धता व्यक्त गरेका थिए साथै अध्यक्ष ले गाऊ सभामा बोल्दै गाऊ सभामा सभाका सदस्यहरु बाट आएका सल्लाह र सुझाव ले वजेट र कार्यक्रम , विकाश निर्माण सेवा प्रवाह र योजनाहरु लाई प्रभावकारी रूपमा अगाडि बढाउन सहयोग पुग्ने बताउनु भयो।

उहाँले स्थानिय तहलाई थप उत्तरदायी र जवाफदेही बनाउदै जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो यसै गरी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी ले निति तथा कार्यक्रम कार्यान्वयन मा सबै जनप्रतिनिधि र कर्मचारी हरु विच सहकार्य आवाश्यक रहेको बताउनु भयो ।

गाऊ सभा का सदस्यहरु रुद्र प्रसाद पौडेल, तुलाराम चौधरी, चन्द्रकला विक, डिल्ली गौतम, डिलादेव गिरी, ध्रुवी थारू, र विर बहादुर चौधरी ले गाऊ सभामा बोलेका थिए । भने आजै सम्पन्न गाऊ सभामा गाऊ सभाका सदस्यहरु, जनप्रतिनिधि हरू, कार्यकारी अधिकृत अर्जुन थारू विभिन्न शाखा का प्रमुख तथा कर्मचारीहरु लगायत सरोकारवाला को उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP