Trend
बिहिबार , माघ २, २०८२

बर्दियामा चितुवाको आक्रमणबाट महिलाको मृत्यु

अफजल खान

बर्दिया,पौष ९–चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट बारबर्दिया नगरपालिका–१० की ५० वर्षीया पार्वती डाँगीको बुधबार दिउँसो मृत्यु भएको हो ।

फेनापति सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गर्दा घटना स्थलमै महिलाको ज्यान गएको डीएसपी देवेन्द्र कुमार मल्लले जानकारी दिए ।

यस्तै गत बुधबार चितुवाको आक्रमणमा परी बारबर्दिया नगरपालिका–१० डफैयाका ३२ वर्षीय दिनेश थारुको ज्यान गएको थियो । गत मंसिर १२ गते काला बेलभार सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाको आक्रमणमा परी बारबर्दिया नगरपालिका–११ की ५९ वर्षीय गोपी थारुको ज्यान गएको थियो ।

यस्तै गत मंसिर १६ गते घर नजिकै राखेको पराल लिन गएको बेला परालमा बसेको चितुवाले आक्रमण गर्दा बारबर्दिया नगरपालिका–४ की १८ वर्षीया अजिता थारु घाईते भएकी थिईन् । चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट जिल्लामा ५ जनाको ज्यान गईसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

विद्यार्थीलाई कानुनी जानकारी गराउदै बढैयातालमा न्यायिक समितिको पहल

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी


TOP