Trend
शनिबार , भाद्र २७, २०८३

बर्दियामा चितुवाको आक्रमणबाट महिलाको मृत्यु

अफजल खान

बर्दिया,पौष ९–चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट बारबर्दिया नगरपालिका–१० की ५० वर्षीया पार्वती डाँगीको बुधबार दिउँसो मृत्यु भएको हो ।

फेनापति सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गर्दा घटना स्थलमै महिलाको ज्यान गएको डीएसपी देवेन्द्र कुमार मल्लले जानकारी दिए ।

यस्तै गत बुधबार चितुवाको आक्रमणमा परी बारबर्दिया नगरपालिका–१० डफैयाका ३२ वर्षीय दिनेश थारुको ज्यान गएको थियो । गत मंसिर १२ गते काला बेलभार सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाको आक्रमणमा परी बारबर्दिया नगरपालिका–११ की ५९ वर्षीय गोपी थारुको ज्यान गएको थियो ।

यस्तै गत मंसिर १६ गते घर नजिकै राखेको पराल लिन गएको बेला परालमा बसेको चितुवाले आक्रमण गर्दा बारबर्दिया नगरपालिका–४ की १८ वर्षीया अजिता थारु घाईते भएकी थिईन् । चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट जिल्लामा ५ जनाको ज्यान गईसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP