Trend
शनिबार , भाद्र २७, २०८३
गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

बर्दिया पुष ११ । गुलरिया नगरपालिका–१० पर्सिया गाउँमा अज्ञात समूहद्वारा योजनाबद्ध रूपमा गरिएको आगजनी घटनाले स्थानीयवासी त्रसित बनेका छन्। मिति २०८२ साल पौष १० गते भएको उक्त घटनामा निसार बेहनासहित पाँच वटा घरमा आगजनी हुँदा घर पूर्ण तथा आंशिक रूपमा क्षति पुगेको छ।
आगजनीबाट पीडित परिवारहरू ज्यानको जोखिममा परेका छन् भने घटनापछि उनीहरू त्रासपूर्ण वातावरणमा बस्न बाध्य भएका छन्। घटनाप्रति प्रशासनको ढिलासुस्ती र उदासीनता देखिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिइएको छ।
नेपाल मुस्लिम युवा संगठन जिल्ला कार्य समिति बर्दियाले विज्ञप्ति जारी गर्दै उक्त आगजनी घटनालाई आपराधिक, अमानवीय र कायरतापूर्ण कार्यको संज्ञा दिएको छ। संगठनले यसलाई कानुनी शासनमाथिको खुला चुनौती भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ।
विज्ञप्तिमा सम्बन्धित प्रशासनसँग तत्काल उच्चस्तरीय, निष्पक्ष छानबिन गरी दोषी पहिचान गरेर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्न माग गरिएको छ। साथै पीडित परिवारको तत्काल सुरक्षा व्यवस्था, उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन समेत आग्रह गरिएको छ।
यदि पीडितलाई न्याय र सुरक्षा प्रदान नगरिएमा शान्तिपूर्ण तर सशक्त जनआन्दोलन गर्न बाध्य हुने चेतावनी पनि संगठनले दिएको छ। यस्ता जघन्य घटनाको पुनरावृत्ति हुनु राज्यको शान्ति–सुरक्षा संयन्त्रको असफलता भएको उल्लेख गर्दै प्रशासनलाई मौन नबस्न र तुरुन्त जिम्मेवार भूमिका निर्वाह गर्न संगठनले आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP