Trend
बिहिबार , माघ २, २०८२
सामुदायिक सुशासन स्थापना को लागि स्थानिय सरकार संग अन्तरक्रिया कार्यक्रम सम्पन्न
ज्ञानेन्द्र पोख्रेल

बर्दिया/ पुष १४ / बिकाश कोष नर्वेको आर्थिक सहयोग सहकर्मी समाज कोहलपुरको सहजीकरण र जनशक्ति विकास समाज बढैयातालको आयोजनामा सामुदायिक सुशासन स्थापनाको लागि स्थानीय सरोकारवाला हरुसंग अन्तरक्रिया कार्यक्रम बढैयाताल गाँउपालिकाको मैनापोखर मा सम्पन्न भएको छ ।

जनशक्ति विकाश समाजका अध्यक्ष खेम राज विकको सभापतित्वमा भएको कार्यक्रममा बढैयाताल गाउपालिकाका अध्यक्ष हिमालय त्रिपाठी , प्रशासकिय अधिकृत अर्जुन थारू , वडा अध्यक्षहरु , कार्यपालिका सदस्यहरु, बढैयाताल गाउपालिकाका कृषि , योजना, लेखा, स्वास्थ्य, महिला बालबालिका , पशु सेवा शाखा लगायत विषयगत शाखा का प्रमुख हरु, नागरिक समाज का प्रतिनिधि, राजनैतिक दलका पालिका स्तरिय प्रमुख हरु र जनशक्ति विकाश समाज का समुह अन्तरगतका प्रतिनिधि हरु लगायतका सरोकार वालाहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा कार्यक्रमको औचित्व र कार्यक्रम को उद्देश्य बारे सहकर्मी समाज कोहलपुरका संस्थागत कार्यक्रम व्यवस्थापन राजाराम गुप्ताले स्पष्ट पारेका थिए भने जनशक्ति विकाश समाजको स्थापना र यस समाज ले हाल सम्म गरेका कृयाकलाप, चुनौती, उपलब्धी , सिकाई र संस्थाको संरचना वारे जनशक्ति विकाश समाज का कार्यक्रम व्यवस्थापक दिपक थारू ले सहजिकरण गरेका थिए ।

जनशक्ति विकाश समुदायमा आधारित संस्था भएकोले यसको संरचना तिन तह रहेको छ भने समुदायमा आधारित समुह , मुल समिति र संस्था हुने हुदाँ यसका सबै सदस्यहरु सस्था प्रति उत्तरदायी रहने र समुह सन्जाल गठन गरि काम गर्ने भएकोले थोरै बजेट मा पनि काम गर्ने सकिएको जानकारी गराईएको थियो साथै यस समाज ले विभिन्न दातृ निकायको आर्थिक सहयोग बाट सन २०२१ देखी सन २०२५ सम्म रु १ करोड २१ लाख ६७ हजार ५ सय २२ रुपैया वाट बढैयाताल गाउपालिका भित्र विभिन्न कृयाकलाप अन्तर क्रिया, कार्यशाला गोष्ठी संन्चालन, घुम्तीकोष मार्फत व्यवसायिक क्रियाकलाप सन्चालन गरी विपन्न तथा सिमान्कृत परिवार लाई आय आर्जन ,शसक्तीकरण र पोषण सुरक्षा लगायतका कार्यक्रम समुह मार्फत संन्चालन गरिएको जानकारी दिईएको थियो ।

यस कार्यक्रम मा सहभागी मध्येका निशा थारू, फुलाराम थारू, सिता थारू, जोखु मगता, भंगी राम थारू, पुतली बिक, बिन्दु पौडेल राजनैतिक दलहरु वाट प्रेम राज त्रिपाठी, राजेन्द्र सिंह लामिछाने लगायतले स्थानिय सरकारका प्रतिनिधि र शाखा प्रमुख हरुलाई स्थानिय बढैयाताल गाउपालिका ले शिक्षा ,स्वास्थ्य ,खानेपानी, विकाश निर्माण , रोजगारी सिर्जना, सेवा प्रवाह, सुशासन लगायतका विषयमा स्थानिय सरकारका प्रतिनिधि तथा कर्मचारी हरु संग जवाफ खोजेका थिए भने सरोकारहरु को जवाफ दिने क्रममा योजना शाखा का उसमान साई, कृषि शाखाका दिपेन्द्र श्रीवास्तव , कार्यपालिका सदस्य चन्द्रकला विक, वडा अध्यक्ष तेजनाथ पौडेल प्रमुख प्रशासकिय अधिकृत अर्जुन थारू र गाउपालिका अध्यक्ष हिमालय त्रिपाठीले उठेका सवाल को विषयमा बुदाँगत रूपमा जवाफ दिनका थिए । साथै जनशक्ति विकाश समाज ले बढैयाताल गाउपालिका भित्र सन २०२१ देखी शिक्षा ,स्वास्थ्य,खाद्य सुरक्षा, पोषण र शशक्तीकरण लगायतका विषयमा समुदायमा आधारित भएर काम गरि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

विद्यार्थीलाई कानुनी जानकारी गराउदै बढैयातालमा न्यायिक समितिको पहल

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी


TOP