Trend
बिहिबार , माघ २, २०८२

गुणस्तर नियन्त्रण तथा खाद्य स्वच्छता सम्बन्धी पालिका स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न

ज्ञानेन्द्र पोख्रेल

बर्दिया / पुष १६ /ए टिभी न्युज / गुण नियन्त्रण तथा खाद्य स्वच्छता सम्बन्धी पालिका स्तरिय अन्तरक्रिया कार्यक्रम बढैयाताल को मैनापोखर मा आज पौष १६ गते सम्पन्न भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जको आयोजनामा सम्पन्न कार्यक्रम मा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजका कार्यालय प्रमुख प्रशान्त पोखरेल ले कार्यपत्र प्रस्तुत गर्दै खाद्य स्वच्छता तथा गुणस्तर कायम राख्न खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ लाई प्रभावकारी कार्यान्वयनका लागि स्थानिय तह र सरोकारवाला सबै निकायको महत्वपूर्ण भूमिका हुने र खाद्य स्वच्छता र गुणस्तर कायम राख्न स्थानिय निकायले नियमित अनुगमन लाई निरन्तरता दिनु पर्ने बताएका थिए ।

कार्यक्रम बढैयाताल गाउपालिका का अध्यक्ष हिमालय त्रिपाठी को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने कार्यक्रममा उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, प्रशासकिय अधिकृत अर्जुन थारू सबै वडाका अध्यक्ष हरु , कार्यपालिका का सदस्यहरु, विभिन्न शाखाका प्रमुख हरु, नगरिक समाजका संयोजक बालकृष्ण लामिछाने , उद्योग वाणिज्य संघ का प्रतिनिधि, स्थानिय बजार समितिका प्रतिनिधिहरु ,मैनापोखर शारदा बहुमुखी क्याम्पस का अध्यक्ष प्रेम राज त्रिपाठी का साथै बढैयाताल गाउपालिका का खाद्य तथा होटल व्यवसायीहरु , संन्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।

यस कार्यक्रम मा सहभागी हरु ले आयातित खाद्य वस्तु का कारण खाद्य स्वच्छता चुनौती बढ्दै गै रहेको, ऐन कानुन कार्यान्वयन प्रणाली फितलो रहेको , जनचेतनामा कमी रहेको लगायतका विषयमा आ आफ्नो धारणा राखेका थिए भने यस कार्यक्रम मा आफ्नो भनाई राख्दै बढैयाताल गाउपालिका का प्रमुख प्रशासकिय अधिकृत अर्जुन थारुले खाद्य स्वच्छता कायम गर्ने सवालमा स्थानिय सरकारको महत्वपूर्ण भूमिका हुने र यस विषयमा नियमित अनुगमन लाई स्थानिय सरकारले महत्व दिने बताए भने उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी ले कार्यक्रम निकै महत्वपूर्ण रहेकाे र यस कार्यक्रममा प्रस्तुत गरिएका सवाल हरु लाई प्रभावकारी कार्यान्वयन को लागि सबै मिलि लाग्नुपर्ने कुरा बताएकी थिइन्।

कार्यक्रम का प्रमुख अतिथि हिमालय त्रिपाठी ले सम्पुर्ण उद्योगी व्यवसायी हरुले आफ्ना उत्पादन लाई बजारमा लग्नु भन्दा पहिले खाद्य स्वच्छता ले निर्धारण गरेका मापदण्ड पुरा गरेर उनले मात्र उत्पादन गरी बजार मा लग्नु पर्ने हुदाँ सबैले यस्ता मापदण्ड पालना गर्नु पर्ने बताएका थिए ।

यदि कसैले खाद्य स्वच्छता कायम नगरी उत्पादन र विक्रि वितरण गरेको पाईएमा स्थानिय सरकार ले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार कारवाही गर्न सक्ने अधिकार समेत भएकोले सबै उत्पादक र विक्रेताहरुले यस्ता कुरामा ध्यान दिनुपर्छ कुरा बताएका थिए भने यस अन्तरक्रिया कार्यक्रम खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजका प्रमुख प्रशान्त पोखरेल को सभापतित्व मा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

विद्यार्थीलाई कानुनी जानकारी गराउदै बढैयातालमा न्यायिक समितिको पहल

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी


TOP