Trend
शुक्रबार , बैसाख ४, २०८३

समस्या बुझे पहल गर्छु नेपाल सरकार का कृषि तथा पशुपक्षी विकाश मन्त्री डा. मदन प्रसाद परियार

ज्ञानेन्द्र पोख्रेल

नेपाल सरकारका कृषि तथा पशुपक्षी विकाश मन्त्री डा. मदन प्रसाद परियार ले यदि पौष १९ गते वर्दिया को बढैयाताल गाउपालिका को वडा नं ५ जगतपुरमा राष्ट्रिय कृषि आधुनिकरण ईकाई वर्दिया ले आयोजना गरेको मत्स्य कृषकहरु भेटघाट कार्यक्रममा यस क्षेत्रका माछा पालक कृषक हरुको समग्र समस्या वारे जानकारी लिदै आफ्नो मन्त्रालय अन्तर्गत का किसानहरुका समस्या आफैले समाधान को पहल गर्ने र अन्य मन्त्रालयका समस्याहरु समाधान को लागि सम्बन्धित मन्त्री तथा सचिवहरु संग कुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

आज राष्ट्रिय कृषि आधुनिकरण ईकाई कार्यालय बर्दियाले बढैयाताल गाउपालिका वडा नं ५को कल्पवृक्ष मत्स्य सहकारी संस्था मा गरिएको मत्स्य जोन कार्यक्रम को जानकारी तथा उपलब्धी सार्वजानिक कार्यक्रम मा बर्दिया जिल्लामा मत्स्य जोन कार्यक्रम लगायतको विषयको प्रतिवेदन राष्ट्रिय कृषि आधुनिकरण ईकाई कार्यालय बर्दिया का प्रमुख विरेन्द्र राज पराजुली ले प्रस्तुत गरेका थिए।

यस क्षेत्रमा माछा पालक कृषक हरु का धेरै समस्याहरु रहेको, खुल्ला सिमानाका कारण भारतिय अवैध माछा भित्रिने समस्या रहेको, मलखाद्य का समस्या रहेको, माछा किसानहरुले महङ्गो विद्युत महसुल तिर्नु परेको , यस क्षेत्रमा विद्युत भोल्टेज कम हुने गरेका , माछाको बजारीकरणमा समस्या रहेको , पोखरी मरम्मतमा अनुदान पाउन नसकिएको लगायता माछा उत्पादन किसानहरु का समस्याहरु रहेको ले यि समस्या समाधान को लागि बर्दियाका माछा जोन कार्यक्रम सञ्चालन समन्वय समिति का संयोजक ईन्द्र प्रसाद लुइटेलले मन्त्रीको ध्यानाकर्षण गराउँदै ८ बुदे ज्ञापन पत्र बुझाएका थिए।

यस कार्यक्रममा कृषि तथा पशुपक्षी विकाश मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्र ले यस क्षेत्रका माछा किसानहरुका समस्या प्रति मन्त्रालयको ध्यानकर्षण भएको र गर्ने सकिने कुराहरु यसै वर्ष गरिने र बाँकी कुराहरु अगामी वर्षका कार्यक्रममा राखी क्रमश समाधान गरिने प्रतिवद्धता व्यक्त गरेका थिए।

यस कार्यक्रम मा बढैयाताल गाऊपालिकाका अध्यक्ष हिमालय त्रिपाठी ले नेपाल सरकारका कृषि तथा पशुपंक्षी मन्त्री डा मदन परियार लाई सोही ठाँउमा रहको १०९ विगाह क्षेत्रफलको बढैयाताल को अनुगमन समेत गराएका थिए भने उनले उक्त ताल क्षेत्रको जग्गा अतिक्रमण भएको र यस ताल संरक्षणको लागि मन्त्रीको ध्यानकर्षण समेत गराएका थिए ।

यस कार्यक्रम मा बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल , बढैयाताल गाउपालिका अध्यक्ष हिमालय त्रिपाठी लगायतले आफ्ना भनाई राखेका थिए । भने कार्यक्रम कल्पवृक्ष मत्स्य सहकारी संस्था लिमिटेड बढैयाताल ५ का अध्यक्ष चन्द्र प्रकाश लम्साल को सभापतित्व मा भएको थियो भने कायक्रम प्रमुख अतिथि नेपाल सरकारका कृषि तथा पशुपक्षी विकाश मन्त्री डा. मदन प्रसाद परियार विशिष्ट अतिथि कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्र , बढैयाताल गाउपालिका का अध्यक्ष हिमालय त्रिपाठी ,बर्दिया जिल्ला का प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, वडा नं ५ का अध्यक्ष तुलाराम थारू, जनप्रतिनिधि हरु ,राष्ट्रिय कृषि आधुनिकरण ईकाइ बर्दियाका प्रमुख बिरेन्द्र राज पराजुली, माछा जोन कार्यक्रम सञ्चालन समन्वय समिति बर्दिया का संयोजक ईन्द्र प्रसाद लुइटेल , यस बढैयाताल क्षेत्रका माछा पालक कृषकहरु संन्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम मा स्वागत मन्तव्य नेपाल मत्स्य संघ बर्दिया अध्यक्ष गणेश लम्साल ले राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP