Trend
शनिबार , भाद्र २७, २०८३

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

अफजल खान

बर्दिया / पुष २३ / बर्दिया जिल्लाअस्पतालको गेट अगाडी नजिकै रहेको खुला नालाले दुर्घटनाको जोखिम बढाउँदै सर्वसाधारणलाई सास्ती दिँदै आएको छ।विशेषगरी रातिको समयमा तथा वर्षायाममा पानी जम्दा नाला देखिन कठिन हुने भएकाले लड्ने, चिप्लिने र गम्भीर चोटपटक लाग्ने सम्भावना बढेको स्थानीयवासीको गुनासो छ। अस्पतालजस्तो संवेदनशील क्षेत्रमा यस्ता अव्यवस्थित संरचनाले ठूलो दुर्घटना निम्त्याउन सक्ने खतरा रहेको उनीहरू बताउँछन्।

स्थानीयवासीका अनुसार पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि हालसम्म नालामाथि ढक्कन राख्ने वा सुरक्षित व्यवस्थापन गर्ने कार्य हुन सकेको छैन। यसले सर्वसाधारणको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ।
अस्पताल क्षेत्रमा दैनिक सयौं मानिसको आवतजावत हुने भएकाले तत्काल नालामाथि ढक्कन राखी सुरक्षित पैदलमार्गको व्यवस्था गर्न सम्बन्धित निकायले शीघ्र ध्यान दिनुपर्ने स्थानीयको माग छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP