Trend
बिहिबार , माघ २, २०८२

लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ

अफजल खान ✍️

बर्दिया, पुस,२४ ,जिल्ला प्रहरी कार्यालय बर्दियाले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी चौकी मोहम्मदपुर बर्दिया र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले गुलरिया नगरपालिका–११ लालपुरस्थित लागुऔषध ब्राउन सुगरको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा भारत उत्तर प्रदेश जिल्ला बहराइच, थाना मोतिपुर ग्राम लोकाही घर भई हाल लुकिछिपी बस्दै आएका ३३ वर्षका फिरोज खानलाई शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिँदा उनको साथबाट प्लास्टिकसहित २८२ ग्राम १०० मिलिग्राम र प्लास्टिक हटाई शुद्ध २६६ ग्राम ५६० मिलिग्राम लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो रंगको पदार्थ बरामद गरिएको छ।
साथै खानको साथबाटVIVO कम्पनीको २ थान मोबाइल,
SAMSUNG कम्पनीको २ थान मोबाइल समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका खानलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा राखी लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता देवेन्द्र कुमार मल्लले जानकारी दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

विद्यार्थीलाई कानुनी जानकारी गराउदै बढैयातालमा न्यायिक समितिको पहल

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी


TOP