Trend
शनिबार , भाद्र २७, २०८३

लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ

अफजल खान ✍️

बर्दिया, पुस,२४ ,जिल्ला प्रहरी कार्यालय बर्दियाले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी चौकी मोहम्मदपुर बर्दिया र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले गुलरिया नगरपालिका–११ लालपुरस्थित लागुऔषध ब्राउन सुगरको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा भारत उत्तर प्रदेश जिल्ला बहराइच, थाना मोतिपुर ग्राम लोकाही घर भई हाल लुकिछिपी बस्दै आएका ३३ वर्षका फिरोज खानलाई शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिँदा उनको साथबाट प्लास्टिकसहित २८२ ग्राम १०० मिलिग्राम र प्लास्टिक हटाई शुद्ध २६६ ग्राम ५६० मिलिग्राम लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो रंगको पदार्थ बरामद गरिएको छ।
साथै खानको साथबाटVIVO कम्पनीको २ थान मोबाइल,
SAMSUNG कम्पनीको २ थान मोबाइल समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका खानलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा राखी लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता देवेन्द्र कुमार मल्लले जानकारी दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP