Trend
मंगलबार , फागुण १९, २०८२

चुनाव जित–हारभन्दा जनविश्वास महत्वपूर्ण : महामन्त्री गगन थापा

अफजल खान

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनको हार–जितभन्दा पनि जनताको भरोसा जोगाउनु आजको मुख्य आवश्यकता भएको बताएका छन्।

कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले आयोजना गरेको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले चुनावलाई नियमित प्रक्रिया मात्र भएको उल्लेख गरे। उनले भने, “चुनाव आउँछ र जान्छ, कहिले जितिन्छ कहिले हारिन्छ। तर अहिलेको प्राथमिकता भनेको व्यवस्था, संविधान र जनताको भरोसा जोगाउनु हो।”

महामन्त्री थापाले कांग्रेस कुनै व्यक्तिको दास वा लास बन्न नसक्ने स्पष्ट पार्दै पार्टीभित्र सबै नेता–कार्यकर्ता बराबर रहेको बताए। पार्टीभित्र प्रश्न गर्न पाउने अधिकार लोकतन्त्रको आधार भएको उल्लेख गर्दै उनले भने, “जसले प्रश्न गर्न रोक्छ, उसले जवाफ दिन सक्दैन।”

उनले कांग्रेसप्रति जनतामा अझै विश्वास रहेको दाबी गर्दै त्यो भरोसा जोगाउन नेतृत्व जिम्मेवार हुनुपर्ने बताए। वर्तमान राजनीतिक अवस्थालाई मध्यनजर गर्दै चुनावी लाभभन्दा पनि लोकतान्त्रिक मूल्य र संविधानको रक्षा अहिलेको आवश्यकता रहेको थापाको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP