Trend
शनिबार , भाद्र २७, २०८३

सुनसरी–४ मा एमालेको उम्मेदवार डा. अबुल हुसेन अन्सारी

कांग्रेसभित्र लामो समय सक्रिय रहनुभएका अन्सारीको यो कदमले सुनसरी–४ को चुनावी समीकरण थप रोचक बनेको विश्लेषण गरिएको छ।

ए टिभी न्युज / अफजल खान

सुनसरी / माघ ५ /  नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका युवा नेता डा. अबुल हुसेन अन्सारीलाई सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ बाट उम्मेदवार बनाइएको छ।

अन्सारी यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका निकट नेताका रूपमा परिचित रहँदै आएका थिए।लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय रहनुभएका अन्सारीले पार्टीभित्रको आन्तरिक द्वन्द्व, स्वार्थ केन्द्रित गतिविधि र वैचारिक विचलनका कारण आफूले यो कठोर निर्णय लिनुपरेको बताउनुभएको छ।

एमाले प्रवेशसँगै अन्सारीलाई प्रत्यक्ष उम्मेदवारको जिम्मेवारी दिनु राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।एमालेले आफूलाई सम्मानपूर्वक स्वागत गर्दै भरोसा व्यक्त गरेको उल्लेख गर्दै अन्सारीले जनताको विश्वास र आशालाई कहिल्यै कमजोर हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ। एमाले, जनता र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि निरन्तर संघर्ष गर्ने संकल्पसमेत उहाँले व्यक्त गर्नुभएको छ।

कांग्रेसभित्र लामो समय सक्रिय रहनुभएका अन्सारीको यो कदमले सुनसरी–४ को चुनावी समीकरण थप रोचक बनेको विश्लेषण गरिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP