Trend
मंगलबार , फागुण १९, २०८२

बर्दिया क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा सञ्जय गौतमको उम्मेदवारी दर्ता

अफजल खान✍️

बर्दिया । नेपाली कांग्रेसका तर्फबाट आसन्न फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि बर्दिया जिल्ला क्षेत्र नं. १ बाट सञ्जय गौतमले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
मनोनयन दर्तापछि प्रतिक्रिया दिँदै उम्मेदवार गौतमले यो यात्रा केवल व्यक्तिगत नभई परिवर्तन, सुशासन र जनताको आवाज संसदसम्म पुर्‍याउने साझा संकल्प भएको बताएका छन्। उनले लोकतान्त्रिक मूल्य, जनउत्तरदायी शासन र विकासका सवालमा आफू प्रतिबद्ध रहेको उल्लेख गरे।
मनोनयन दर्ताका क्रममा प्राप्त उत्साह, विश्वास र हौसलाले थप जिम्मेवारीबोध गराएको भन्दै गौतमले नेपाली कांग्रेसका सम्पूर्ण साथीहरूलाई धन्यवाद व्यक्त गरे। साथै निष्पक्ष रूपमा निर्वाचन प्रक्रिया सम्पन्न गर्न खटिएका कर्मचारी, सुरक्षाकर्मी, लोकतन्त्रका पहरेदार पत्रकार तथा आफूलाई भरोसा गर्ने सम्पूर्ण आम नागरिकप्रति उनले हृदयदेखि आभार प्रकट गरे।
उनले आगामी दिनमा जनताको भरोसालाई व्यवहारमा उतार्दै बर्दिया क्षेत्र नं. १ को समग्र विकास र जनजीविकाका मुद्दा संसदमा मजबुत रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP